Logo

नेपालका महिला कता हराउँछन् ? यस्तो आयो तथ्य



झापा, जेठ २९ । पोखराकी १९ वर्षीय सरीता राई (नाम परीवर्तन) लाई माइती नेपाल काँकरभिट्टाका कर्मचारीले भारत प्रबेश गर्न लाग्दा संका लागेर सोधपुछ ग¥यो । उनले पानीट्यांकीमा किनमेलका लागि जान लागेको बताईन् ।

पश्चिम पोखराको मान्छे पर्वको झापा हुँदै भारतको पानीट्यांकीमा किनमेल गर्न जाने बताएपछि झनै संका लागेर केरकार गर्दा उनि फेसबुकमा चिनजान भएका एक व्याक्ति सँग भारत जान लागेको खुलासा भयो । उनलाई लैजाने फरार भएपछी माइती नेपालले प्रकृया पुरा गरी परिवारको जिम्मा लगायो ।

पोखराकी ति युवतीलाई ती युवकले भारत घुम्न जाने भनेर फकाएर बेच्न लगेको हुन सक्ने अनुसन्धानबाट खुलेको माइती नेपालका कर्मचारी बताउँछन् । पोखराकी सरीता त मात्र एउटा प्रतिनिधि पात्र हुन पछिल्लो समय फेसबुक लगायत समाजिक संञ्जालबाट सामान्य चिनजान भएर बिभिन्न प्रलोभनमा पर्दै भारत लगायत तेस्रो मुलुकमा बेचिने क्रम बढेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे बताउँछन् ।

“पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा नचिनेको व्यक्तिसँग कुरा गर्दै मायाजालमा परेर चेलीबेटी बेचिने क्रम बढ्दै गएको छ संयोजक घिमिरेले भने – दलालहरुले महिलाहरुलाई विभिन्न बहाना बनाएर भारतका विभिन्न कोठीहरुमा लगेर बेच्ने घटना टोटलमा पन्द्र प्रतिशत सम्म छ ।”

भारतमा भेटिएर ल्याएका र सिमानामा सोधपुछ गर्दा फेला परेका धेरै महिलाहरु आफुलाई लैजाने मान्छे सामाजिक सञ्जालबाटै भेटिएको बताउँछन् । कोहि महिला त्यस्ता व्यक्ति सँग विवाह गर्ने त कोहिले राम्रो काम लगाईदिने बाहानामा फसेका छन्, संयोजक घिमिरेले भने । उनका अनुसार सामाजिक संञ्जालबाट फस्नेमा १७ वर्ष देखि ४० वर्ष सम्मका महिला बढि रहेका छन् ।

“पहिले त पुर्वको काँकरभिट्टा नाकाबाट भारत र तेस्रो देशमा जाने महिला पुर्वका बढि हुन्थे अहिले त देशभरका सबै जिल्लाका ग्रामिण क्षेत्रका महिला भेटिन्छन्, संयोजक घिमिरेले भने – यहाँ भेटिनेमा अछुतो जिल्ला नेपालमा कुनै पनि छैन ।

समाजिक सञ्जालको प्रयोग सँगै फेला परेका व्याक्ति सँग हिड्ने र अन्य कारणले अबैधानीक रुपमा भारत हुँदै तेस्रो मुलुक जान खोज्ने ३ सय १३ महिलालाई एक वर्षको अबधिमा काँकरभिट्टा नाकाबाट माईती नेपालले फर्काएको छ । “यो तथ्याङ्क सन २०१७ को हो, २०१८ को पछिल्लो महिनामा मत्र यसरी जाने ६० बढि महिलालाई हामीले फर्काएका छौ” घिमीरेले भने ।

यस्तै भारत सहित तेस्रो मुलुकबाट गत वर्ष २८ महिलाको उद्धार गरेको उनको भनाई छ । विभिन्न बहाना बनाएर भारतका विभिन्न कोठीमा बेचिएका महिलाहरुको उद्धार गरिएको माइती नेपालका पूर्वाञ्चल संयोजक घिमिरेले जानकारी दिए । सन् २०१६ मा भने १८ जना चेलीको उद्धार गरिएको थियो भने दुई सय ९९ जनालाई नाकामा सम्झाई–बुझाई घर पठाइएको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ ।

पूर्वी नेपालको झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा पश्चिम नेपालका सिन्धुपाल्चोक, गोरखा लगायतका स्थानका चेलीहरु बेचबिखनमा बढी पर्ने गरेको बताइएको छ । बिभिन्न कारणले घर छाडेर भेटिएका ५० महिला रहेका छन् भने पारीवारीक हिंसामा परेका २ र बलत्कारको १ घटना एक वर्षको अबधिमा भएको माईती नेपालको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो दुई महिनामा बहिरी देशबाट ४ जना महिलाको माईती नेपालले उद्धार गरीसकेको छ भने दुई महिनामानै २७ महिला हराएको उजुरी माइती नेपालमा परेको संयोजक घिमिरेको भनाई छ । दुई महिनामा ९ जना महिलालाई भने फेला पारेको उनले बताए । संयोजक घिमिरेका अनुसार रोजगारी लगायत विभिन्न वहानामा बेचिनेहरुमा किशोरीहरुको संख्या बढी रहेको पाइएको छ ।

उद्धार गरिएका अधिकांश महिलाहरु १५ देखि २२ वर्ष उमेर समूहका रहेको उनले बताए । बहकाउमा छिट्टै लाग्ने तथा छिट्टै पैसा कमाएर धनी बन्ने सपना सजाएर किशोरीहरु दलालको फन्दामा पर्ने गरेको माइती नेपालले गरेको अनुसन्धानले देखाएको संयोजक घिमिरेको भनाई छ ।

यता माइती नेपालमा महिलाहरुको उजुरीको चाङ लागे पनि भेटिने भने थोरै रहेको माइती नेपाल काँकरभिट्टाकी सहजकर्ता हेमन्ता बुढाथोकीले बताइन् । उनका अनुसार माइती नेपाल काँकरभिट्टामा सन् २०१७ मा मात्रै दुई सय २३ जना महिला हराएको निवेदन परेको थियो । जसमध्ये ५० जना महिलालाई फेला पारेर परिवारको जिम्मा लगाइएको थियो ।

सन् २०१ ६मा एक सय ५४ जना महिला हराएको निवेदन दर्ता भएको थियो । एक वर्षको अवधिमा ३९ जना महिला मात्र फेला पारिएको तथ्याङ्कमा उल्लेख छ । महिला हराएको निवेदनमा अधिकांश झापाका महिलाहरु रहेको पाइएको छ ।

छिट्फुट रुपमा इलाम, पाँचथर, ताप्लेजुङका निवेदन दर्ता भए पनि झापाको धेरै रहेको बताइएको छ । केही महिलाहरुलाई काँकरभिट्टा नाकाबाट फेला पारिएको तथा केहीलाई परिवारले नै विभिन्न स्थानबाट फेला पार्ने गरे पनि अधिकांश हराएका महिलाहरु फेला नपरेको माइती नेपालको तथ्याङ्कले पुष्टि गरेको छ । केहि महिला परिवारको संपर्कमा आए पनि परिवारले भेटाएको भनेर जानकारी नदिदा पनि यस्तो भएको हुन सकने संयोजक घिमिरेले बताए ।

घिमिरेले केही समय अघिसम्म भारतमा बेचिएका चेलीलाई कोठीबाट उद्धार गरेर ल्याउन निक्कै मुस्किल परे पनि पछिल्लो समय भने भारतमा चेलीबेटी बेच बिखनबिरुद्धमा काम गर्ने संस्थाहरु बढ्दै गएकाले भारतबाट नेपाली चेलीको उद्धार गर्न सहज भएको बताए । उनले भारतका रहेका विभिन्न संघ संस्थाका साथै प्रहरीले पनि बेचिएका नेपाली चेलीको उद्धारमा सहयोग गर्ने गरेको बताए ।

नेपालमा भएको बेराजगारी, महाभुकम्प, बाढिपहिरो, मंहगी र बन्द हड्ताल जस्ता समस्याका कारणले गर्दा धेरै चेलीहरु रोजगारीको खोजीमा रहेको बेला दलालले विभिन्न प्रलोभनमा पारेर बेच्ने गरेको माईती नेपालले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा धेरै चेलीहरु काँकरभिट्टा नाका हँुदै विभिन्न देशमा पु¥याएर दलालले कोठीहरुमा बेच्ने गरेको खुल्न थालेको संयोजक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्