Logo

कुखुरा पालनबाट लाखौंआम्दानी गर्दै संग्रौला र दाहाल



झापा, असार २५ । अहिले युवाहरु कृषि व्यवसाय प्रति आकर्षित हुन थालेका छन । अहिले लाखौ रुपैया खर्च गरेर बैदेशिक रोजगारमा जानु भन्दा हजारै रुपैया लगानी गरेर स्वगदेशमै सानो व्यवसाय गर्न युवाहरु लागि परेको देख्न सकिन्छ ।

अहिले प्राय बैदेशिक रोजगारी बाट फकिएका युवा बढी यो कृर्षि व्यवसायमा रहेका छन । कृर्षि व्यवसायमा पनि कुखुरा पालन , माछा पालन , बङगुरपालन , गाईपालन प्रति युवा बढी आर्कषित रहेका छन । झापाको समग्रमा हेने ,हो भने अहिले तिनै व्यवसाय बढी मात्रामा रहेका छन ।

झापाको कन्काई नगरपालीका ९ का दुइ युवाले थोरै लगानीमा संचालन गरेरको कुखुरा फार्मबाट बार्षिक लाखौ आम्दानी गरिरहेका छन । कन्काइ नगरपालीका वडा नम्बर ९ का दुइ युवाले कुखुुरा फार्म संचालन गरेर मासिक राम्रै आम्दानी गरिरहेका छन ।

कन्काइ नगरपालीका ९ घैलाडुब्बाका गोपाल दहाल र निलम संग्रौलाले कुखुरा फार्म संचालन गरेर बाषर््िाक लाखौ कमाइ गरिरहेका छन । सानो लगानीबाट शुरु गरिएको फार्मबाट राम्रै आम्दानी हुदा संचालक द्धय खुशि रहेको बताउछन । छोटो समयमा बढी आम्दानी लिन सकिने भएकाले आफुहरुले यो पेशा थालेकोसंचालक निलम संग्रौला बताउछन । “राम्रो आम्दानी गर्न सकीने सम्भावना देखेर नै थालेको थिए , गर्दा हुदो रहेछ अहिले परिणाम हामीले देखि रहेका छौ , संग्रौलाले बताए ।“

क्mेहि बर्ष कतारमा बसेका दाहाल र संग्रौलाले कुखुरा व्यवसायसंग संगै अहिले मााछा पालन व्यवसाय पनि शुरु गरेका छन । मेहन्त लगाएर काम गर्ने हो भने नेपालमा बसेर पनि बिदेशको सरह कमाउन सकिने संचालक दहाल बताउछन । “हामी बिदेश बिदेश मात्र भन्ने मात्र हो , हामीले के हि गर्ने सोच राख्ने हो भने त नेपाल मा गर्न नसकिने केहि छैन“ , दहाल बताउछन ।

नेपालमा व्यवसायीहरुले उत्पादन गरेको बस्तुको सहि मुल्य सरकारले निर्धारण नगर्दा व्यवसायी मारमा परेको पुन संचालक संग्रौला बताउनुहुन्छ । “सरकारले धेरै समय पहिला तm ढङगले काम नगर्दा आज दाना का लागि भारत नै धाउनु परेको छ , केहि बिषादी ल्याउनुपयो भने भारत , के सधै भारत मात्र धाउनु पर्ने हो र ? नेपाल सरकारले त्यो व्यवस्था गर्न सक्दैन र ? ”संग्रौलाले गुनासो गरे ।

पछिलो समय युवाको पहिलो रोजाई कृर्षि पेशा बनेको छ । थोरै लगानी पनि कृषि व्यवसाय गर्न सकिने , आम्दानीको लागि धेरै समय कुर्नु नपने , लगायतले गर्दा कृषि व्यवसाय प्रति युवाहरु आकर्षित भएका छन । तर प्छिलो समय कृर्षकले उत्पादन गरेको सामानको सहि मुल्य निधारण गर्न नसकनु , कृर्षि मा चाहीन सामाग्री , जस्तै मल बिउ , दाना लगायतका बस्तु आफनै देशमा उ्रत्पादन गर्न नसक्नु तथा सरकारले कृर्षि व्यवसायमा आबद्ध भएका कृर्षकका लागि दिने अनुदान कृर्षक सामु नपुग्नाले कृर्षकहरु चिनितित बनेका छन ।

नेपाल कृषि प्रदान देश भनिए पनि कृषि सामाग्रीका लागि भारत धाउनु पने समस्याले अहिले नेपाली हैरान बनेका छन । तर्सथ यस बिषयमा स्थानिय सरकार , यस सम्बिन्धीत निकाय तथा सरकारको ध्यान जान जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्