Logo

श्रीमान् कि श्रीमती शुशिला कार्की ? १४ भाई पत्रकारको किन आयो विज्ञप्ति ?



डा. गविन्द केसी २३ दिनदेखि १५ औँ अनशनमा छन् । मिडियामा डा. केसीको अवस्था अत्यन्तै नाजुक भनेर समाचार लगातार प्रकाशन भए लगत्तै सरकारले बल प्रयोग गरेर उपचारका लागि काठमाडौं ल्यायो ।
काठमाडौं ल्याउने बिषयमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीसँग झडप भयो । त्यर्स बिचमा डा. केसीले अस्पताल बेडबाट कडा प्रतिक्रिया दिए । उनले प्रधानमन्त्री केपी ओलीलाई डनको संज्ञा मात्र दिएनन्, टाउको काटेर आएको हत्यारा हो सम्म भने ।
डा. केसीले झापा बिद्रोहमा संलग्न ओलीलाई हत्याराको आरोप लगाए । डा. केसीका प्रतिक्रियाले दुई वटा प्रश्न एकसाथ खडा गरेको छ । एक १९ दिनसम्म अनशन बसेको मनिस त्यति तगडा कसरी सम्भव छ ? त्यसमा पनि डा. केसीको अवस्था चिन्ताजनक भनेर जुन प्रचार गरिएको थियो, त्यस्तो होइन कि भन्ने शंका उत्पन्न हुन्छ ।
दोस्रो, आफुलाई गान्धीको अनुयायी ठान्ने डा. केसीले जनु प्रतिक्रिया दिए, त्यो राजनीतिक भाषा र प्रतिक्रिया थियो । उनले प्रधानमन्त्री ओलीका सम्बन्धमा गरेको टिप्पणीले उनी अन्तैबाट परिचालित त छैनन् ? भन्ने प्रश्न खडा गरेको छ ।
डा. केसीको अनशन र मागप्रति समर्थन जनाउँदै दलका कार्यकर्तादेखि नागरिक समाजका अगुवासम्मले माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन र रयाली गरे । कोणसभामा अरुका चर्का भाषण त स्वभाविकै हो । तर, पूर्व प्रधानन्यायधीस शुशिला कार्कीले डा. केसीका माग पूरा नभए देशमा आगो लाग्ने धम्की दिइन् । शुशिला कार्कीको सडकमा आगमन नै धेरैलाई आश्चर्य लाग्दो थियो । त्यसमा पनि माग पूरा नगरे देशमा आगो लाग्ने धम्की आश्चर्यजनक थियो ।
पूर्वप्रधान न्यायधीसले सरकारका विरुद्ध सडकमा आएको नै नेपालमा सम्भवतः पहिलो घटना हो । त्यसमा पनि धम्कीपूर्ण भाषाले शुशिला कार्कीमा दुई वटा प्रश्न खडा गरेको छ । एक पूर्व प्रधान न्यायधीसले बोल्न मिल्ने भाषा हो ? दोस्रो, के शुशिला कार्की अब श्रीमान् शुशिला कार्की नभएर श्रीमती शुशिला कार्की भएकी हुन् ?
हिजो फेरी पत्रकारितामा अर्को जात्रा देखियो । डा. केसीलाई भेट्न गएका नेपालमा ख्याति कमाएका पूर्वसमेत १४ सम्पादकले डा. केसीको आन्दोलनमा समर्थन जनाए । समर्थनमा विज्ञप्ति नै जारी गरे । राजा ज्ञानेन्द्रको विरुद्ध संघर्ष गर्दा पनि जारी नभएको विज्ञप्ति डा. केसीको समर्थनमा आयो । डा. केसीको समर्थन र बिरोधमा राजनीतिक दल, नागरिक समाज, पत्रकार सबै विभाजित भएको अवस्थामा आफुलाई खाँटी व्यवसायिक पत्रकारको कित्तामा उभ्याउने अगुवाले विज्ञप्ति जारी गरेरै समर्थन गर्नु कति जायज हुन्छ ? पत्रकारितामा अब यो बहसको विषय बन्नु पर्छ । विज्ञप्तिवाजी गर्दै हिँड्ने र कुनै एक पक्षमा खुलेर लाग्ने कार्यले सम्पादकको हैसियत समाप्त भएन र ? १४ जना पत्रकार÷सम्पादक कि अन्दोलनकारी हुन् ? उनीहरुको भूमिकामा प्रश्न उठेको छ ।
पत्रकारलाई डा. केसीको समर्थनमा वा आलोचनामा लेख्न छुट छँदैथियो । त्यसमा पनि हस्ताक्षरकर्ता अधिकांशले डा. केसीलाई आफ्ना मिडिया मार्फत बलियो समर्थन गरेकै छन् । कतिले डा. केसीलाई समर्थन गर्न प्रोजेक्ट नै चाएका छन् भन्ने पनि सुनिन्छ । यस्तो सुविदा हुँदा हुँदै विज्ञप्ति जारी गरेर समर्थन गर्नुको अर्थ र औचित्य के हो ?
डा. केसीले जुम्लामा अस्पतालको बेडबाट प्रधानमन्त्रीको राजनीतिक संघर्षमाथि प्रश्न गर्दै ठेगान लगाएरै छाड्छु भनेर धम्की दिनुको अर्थ के हो ? शुशिला श्रीमान्को आगो लग्ने धम्की र व्यवासायिक पत्रकारको सरकार विरुद्ध वक्तव्यवाजी अर्थपूर्ण छ ।
डा. केसीले उठाएका धेरै माग कम्युनिष्ट पार्टीले भन्ने गरेको मूल्य, मान्यता र आदर्शसँग मेल खान्छ । तर, अहिले राज्यको चरित्र र संविधानको भावना अनुसार सबै माग पूरा हुन सम्भव छैन भन्ने सत्तारुढ दल र सरकारको धाराणा छ । यसमा देश नै विभाजित छ । डा. केसीको उद्देश्यमा धेरै खोट नहोला ।
तर, सबै घट्ना प्रक्रिया हेर्दा डा. केसीमाथि पनि केहि आरोप लाग्ने गरेका छन् । उनले आफ कार्यरत संस्थाको आफ्नो विभागमा कति काम गर्न सकेका छन् ? स्वास्थ्य जस्तो संवेदनशील विषयमा बन्द हड्ताल गरेर कस्तो स्वास्थ्य नीति निर्माण गर्ने हो ? र, डा. केसीले जुम्लामा दिएको प्रतिक्रिया र उनले विद्यार्थी कालमा गरेको नेविसंघको राजनीतिमा प्रश्न उठ्न थालेको छ ।
प्रश्न श्रीमान् शुशिला कार्कीमा पनि उठेको छ । कार्कीको विद्यार्थी जीवनको राजनीति रिटायर्ड कालमा चलमलाउन थालेको त होइन ? यसैगरी १४ पत्रकारमा एक दुई बाहेक अधिकांशको बिगतको राजनीति लगन गाँठो वा सम्बन्ध एउटै भएकोमा बिवाद नहोला । डा. केसी, कार्की र १४ मध्येका अधिकांश पत्रकारको भूमिका प्रति गम्भिर रुपले प्रश्न उठेको छ ।
पत्रकारको विज्ञप्तिले नेपाली पत्रकारलाई थप विभाजित गर्ने निश्चित छ । यो नेपाली पत्रकारितामा विवादित घट्ना हो । यसले पत्रकाररिताको मर्म र धर्म बोक्न सकेन । यो शालिनतापूर्वक गरिएको अमर्यादित कार्य हो ।

यो पनि पढ्नुहोस ।

डा. केसीको अनसन कांग्रेसका लागि संजिवनी बूटी

डाक्टर केसीको अनसन आन्दोलन कि हठ ?

 

प्रतिक्रिया दिनुहोस्