Logo

बिर्तामोडमा मेशिनबाटै हुन्छ थेरापी, त्यो पनि सित्तैम



झापा, २३ साउन । दक्षिण कोरियामा बिकास भएको थर्मल थेरापी बिगेन नेपालले नेपालमा भित्रियाएको छ । परम्परागत मसाज र सामान्य मेशिनको प्रयोगबाट गरिने फिजियो थेरापी भन्दा थर्मल थेरापी वैज्ञानिक पद्धतिमा आधारित छ । थर्मल थेरापी नसा, हाडजोर्नी, प्यारालाइसिस, बाथ जस्ता जटिल रोग निको पार्न अचुक अस्त्र बनेको छ । मेशिनबाट हुने यो थेरापी निकै प्रभावकारी र लाभदायक सिद्ध भएको छ ।
नसा च्यापिएको, प्यारालाइसिस, ढाडको हड्डी देकेका, सुगर, कोलेस्ट्रोल, वाथ लगायतका रोग थर्मल थेरापी उपचार पद्धतिबाट निको हुने बिगेन नेपाल बिर्तामोड सेन्टरमा कार्यरत नर्स सुजता नेम्वाङ्ले बताइन् ।
के हो बिगेन नेपाल
बिगेन मेडिशिन कम्पनी कोरियाले थर्मल थेरापी बिकास गरेको हो । यसले बिगेन थर्मल थेरापीका मेशिन उत्पादन गर्दछ । तर, आफुले सेवा दिँदैन । संसारका ९४ देशमा बिगेन थर्मल थेरापी सेवा संचालन छन् ।
नेपालमा २०७२ सालबाट उपचार बिगेन उपचार पद्धतिको सेवा सुरु भएको हो । काठमाडौंको बालाजुमा मुख्य कार्यालय रहेको बिगेन नेपालले स्वयम्भू, गौफुटार, गौरिघाट, पेप्सीकोला, नैकाप, पोखरा, लमजुंग, चितवन, बुटवल, इटहरी, बिर्तामोडमा निशुल्क सेवा सेवा प्रदान गर्दै आएको छ ।
बिर्तामोडमा २०७४ साल भाद्र १२ गतेबाट सुरु भएको हो । बिर्तामोडको भद्रपुर रोडमा संचालन भएको बिगेन नेपालले दैनिक दुई सय देखि दुई सय पचास जनासम्मलाई निशुल्क उपचार सेवा दिँदै आएको छ । आठ जना तालिम प्राप्त स्वास्थ्यकर्मीले बिरामीको उपचारमा सहयोग गर्दछन् ।
बिगेन नेपालको सेन्टरमा आएर उपचार गर्ने बिरामीलाई स्वास्थ्यकर्मीले सबै उमेर समुहका महिलालाई आमा र पुरुषलाई बुबा भनेर सम्बोधन गर्ने गर्दछन् । बिरामीलाई सकारात्मक सोंचको बिकास गर्न र फिजिकल एक्सरसाईज गर्न दैनिक एक पटक नृत्य गराइने नर्स नेम्वाङ्ले बताइन् ।

भिडियो हेर्नुहोस् ।

उपचारको प्रभाव
बिगेन नेपालले मुख्यतया टप एण्ड टप नामको मेशिनले मेरुदण्डको मसाज गरिदिन्छ । पैलातादेखि गर्दनसम्म मेशिनले मसास गर्दा च्यापिएका, थिचिएका हाड र नसा सक्रिय हुने गर्दछ । थेरपीसँगै यस मेशिनले ताप पनि प्रवाह गर्दछ ।
भिटीभि नामक भाइभ्रेशन प्रदान गर्ने मेशिन हो । यसले ताप र भाइभ्रेशन एकै पटक प्रवाह गर्दा दुखेको ठाउँमा नसा सक्रिय बनाउने गर्दछ । बिरामीले उपचार लिइसक्दा तत्काल आरामको महसुस गर्न सक्ने नर्स सुजता नेक्वाङ्ले बताउँछिन् ।
प्यारालाइसिस भएर थलिएका बिर्तामोड ४ का शिव मगर बिगेन नेपालको बिर्तामोड शाखामा पोको परेर आएका थिए । उनी हिँडडुल गर्न सक्तैनथे । अहिले सहजै हिँड्डुल गर्न सक्ने भएका छन् । मगर भन्छन्, यसरी निको होला भन्ने सोँचेकै थिइन् ।
बरबोटे इलामकी मनमायाँ शर्मा चार महिनादेखि प्यारालाइसिस भएर थलिएकी थिइन् । उनले पनि थर्मल थेरापी लिन थालेपछि ठिक भएको बताइन् । हात खुट्टा नचल्ने शर्माले मजाले हिँड्डुल गर्न सक्छिन् ।
बिर्तामोड ६ बुट्टाबारीकी यसोदा सुवेदीको सुगर ४ सय थियो भने ढाडको नसा च्यापिएर थलिएकी थिइन् । एक महिनाको उपचारले सुगर १ सय ८० मा झरेको र नसा दुख्ने समस्या पनि हराएको बताइन् ।
बिगेनको नीति समाजवादी
बिगेन मेडिकलले संसारका सबै स्थानमा निशुल्क सेवा प्रदान गर्दै आएको छ । बिगेनको सबै देशमा एकै प्रकारको नीति छ । उपचार सेन्टरमा आउने सबैलाई यसले निशुल्क सेवा दिन्छ । तर, कसैले घरमै उपचार गर्न चाहेमा मेशिन खरिद गर्न सक्ने बिर्तामोड सेन्टरका संचालक रुकम गुरुङ्ले बताए । उनले भने, हामी नहु

नेलाई निशुल्क सेवा दिन्छौं, हुनेले मेशिन किन्न सक्नु हुन्छ । मेशिन किन्न कुनै अनिवार्यता छैन । मेशिन नकिन्नेलाई पनि निको नहुन्जेल सेवा दिन्छौं ।
प्यारलाइसिस, हाडजोर्नी र नसा जस्ता रोग निको पार्न थर्मल थेरापी अचुक अस्त्र जस्तै बनेको छ । हात तथा औजारबाट हुने परम्परागत थेरापी भन्दा यो वैज्ञानिक छ ।
हेलमेट शिक्षक बने संचालक
बिगेन नेपालको बिर्तामोड शाखा संचालक रुकम गुरुङ् काठमाडौंका बिभिन्न स्कुल र कलेजमा व्यवस्थापन बिषय अध्यापन गराउँथे । मोटरसाइकलमा धाउँदा धाउँदै उनको नसा च्यापिएछ । उपचारका लागि शिक्षण अस्पताल महाराजगंज गए । त्यहाँ नसा च्यापिएकाले फिजियो थेरापी गर्न डाक्टरले सल्लाह दिए । उनले स्पार्कमा २१ थेरापी गराए । केहि बिसेक भएपनि निको भएन ।
साथीको सल्लाहमा उनी बिगेन नेपाल गए । उनलाई डाढ दुख्न छाड्यो । शिक्षण अस्पतालमा गएर पुनः जाँच गराए । च्यापिएको नसा ठिक भएको थियो । त्यसपछि उनलाई पेसा परिवर्तन गर्ने सोँच आएको हो । आफ्नै गृह जिल्लामा गएर चलाउन पाए पेसा पनि हुने सेवापनि हुने सोँचले साथीहरुसँगको सहकार्यमा बिर्तामोडमा थर्ड आई हेल्थ केयर प्रालिले बिगेन नेपालको शाखा संचालन गरेको उनले बताए ।

 

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्