Logo

संशार जोड्ने चिनियाँ शिल्क रोडको रणनीति के हो ?



नेपालमा यो आर्थिक मार्गको बारेमा धेरै बहस भएको छैन् । यो मार्गबाट नेपालले के फाइदा लिन सक्छ वा सक्दैन यसको पक्षमा बहस हुन जरुरी छ । चिनसंगको व्यापारिक घाटालाइ यसले कम गराउन सक्छ सक्दैन हाम्रो सरोकारको विषय हो । नेपालको आर्थिक जिवन, उत्पादन र उत्पादकत्वको बीचमा आउने सरोकारको विषयसँग सम्बन्धित भएर बेल्ट एण्ड रोडलाइ हेरिनु पर्छ । अन्तर्राष्ट्रिय महत्वको विषय र छिमेकमा आयोजना हुनलागेको यो कार्यक्रमलाइ बुझ्न र नेपालको अर्थ ढाँचालाई ढाल्न आवश्यक छ ।
अवधारणा
सन् २०१३ को सेप्टेम्बर महिनामा चिनियाँ राष्ट्रपति सि जिनपिङ कजाकस्तानको भ्रमणमा निस्केका थिए । उनले त्यहाँको एक विश्व विद्यालय नजरवायव विश्व विद्यालयमा एउटा महत्वपूर्ण भाषण दिने कार्यक्रम थियो । विषय थियो, ‘हाम्रा जनताको मित्रतालाइ प्रोत्साहन गर्दै संगै काम गर्ने र चम्किलो भविष्य बनाउने ।’ हो यहि भाषणमार्फत उनले बेल्ट एण्ड रोडको अर्थराजनैतिक रुपरेखा प्रस्तुत गरे । यहि अर्थराजनैतिक रुपरेखाको नाम हो बेल्ट एण्ड रोड ।

रेसम मार्गको नयाँ अध्याय
बेल्ट एण्ड रोडको परम्परागत चित्राङ्कन रेसम मार्ग हो । यसलाइ प्रचलित शब्दमा शिल्क रोड पनि भनिन्छ । यो शिल्क रोड अर्थराजनैतिक मार्ग पनि हो । सिको त्यो भाषणमा मित्रवत अर्थ सरोकारलाइ एकै ठाउँमा ल्याउने साझा सहयोगमा यूरोप र एशिया क्षेत्रको विकासलाइ विस्तार गर्ने हो । त्यसैले यो अर्थमार्गलाइ युरेसिएन विकास मार्ग भने पनि हुन्छ ।

यो पथलाइ चिनियाँ पक्षले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ मार्ग नाम दिएको छ । तर यो अर्थमार्गलाइ चिनियाँ पक्षले सामुहिक रुपमा बनाउने पनि प्रस्ताव गरेको छ । जस अनुसार पहिले आआफ्नो देशको आन्तरिक आर्थिक बाटो निर्माण गर्ने त्यसपछि पुरै युरोप एशिया क्षेत्रमा जोड्ने । यो नै ‘सिल्क रोड इकोनोमिक बेल्ट’को पहिलो प्रस्ताव हो । यहि नै बेल्ट एण्ड रोडको प्रारम्भिक परिभाषा हो ।

सन् २०१३ को अक्टोबरमा भएको एशिया प्रशान्त क्षेत्र आर्थिक साझेदारी संगठन ओपेकको नेताहरु उपस्थित बैठकमा सिले दक्षीणपूर्वी एशियामा एउटा आर्थिक क्षेत्रको विकास भएको उल्लेख गरेका थिए । जसलाइ सामुद्रिक सिल्क रोड भनिन्थ्यो । यो सामुद्रिक बाटोबाट यस क्षेत्रको आर्थिक जिवन प्रभावित थियो । चीन यसै मार्गलाइ बनाउन लागि परेको र एशियन देशहरुमा परम्परागत सामुद्रिक रेसम मार्गलाइ प्रभावकारी बनाउन उसले साझेदारी प्रस्ताब अगाडी सार्न चाहेको छ ।

चीनले परम्परागत सामुद्रिक शिल्क रोड निर्माण गर्न कोष पनि खडा गरेको छ । र, चीनले एशियन देशहरुको साझेदारीमा निर्माण गरिने परिलक्षीत अर्थपथलाइ ‘२१ औं शताब्दीको सामुद्रिक शिल्क रोड’ नाम दिएको छ ।

सारांशमा बेल्ट एण्ड रोड ‘शिल्क रोड इकोनोमिक बेल्ट’ र ‘२१ औं शताब्दीको सामुद्रिक शिल्क रोड’को निर्माण पछि यसको प्रारुप तैयार हुन्छ । बेल्ट एण्ड रोडले एशिया, अफ्रिका र युरोपलाइ एउटा अर्थराजनीतिक क्षेत्रमा जोड्छ ।

बेल्ट एण्ड रोड अर्थराजनैतिक कार्यक्रमलाइ चीनको राजनैतिक महत्वाकांक्षाको रुपमा पनि आलोचना हुने गरेको छ । तर, यसको अर्को पक्ष आर्थिक विकासको सम्बन्धलाइ अझैपनि केहि देशले नकारात्मक रुपमा लिएका छन् । १८ औं शताब्दीमा जस्तै एशियालाइ फुटाएर वा एशियामा उपनिवेश कायम गरेर, क्षेत्रीय युद्धमा फसाएर, धार्मिक सांस्कृतिक विविधतामा अल्मल्याएर एशियालाइ आर्थिक रुपमा पश्चिमा देशहरुले रोकेर राखेका थिए ।

यसरी नै अफिकी तथा ल्याटिन अमेरीकी देशहरु पनि विभाजित थिए । तर, अब हिजोको जस्तो प्रत्यक्ष उपनिवेश कायम गर्ने दिन छैन् । यस्तो औपनिवेशिक मानसिकता विश्व कोषबाट लोप भैसकेको छ । तर, नयाँ आर्थिक औपनिवेशीकरणको मुद्धाले अझैपनि कतिपय देशहरु विकसित हुन सकेका छैनन् । यि र यस्तै औपनिवेशिक मानसिकताको अन्त्य गर्नु आजको आवश्यकता हो ।

बेल्ट एण्ड रोडको अन्तरंग

‘शिल्क रोड इकोनोमिक बेल्ट’ र ‘२१ औं शताब्दीको सामुद्रिक शिल्क रोड’ को कुल जोड नै बेल्ट एण्ड रोडको प्रारम्भिक परिभाषा हो । यस विषयमा अघिल्लो आलेखहरुमा पनि विषयबोध गरिएको थियो । यो कार्यक्रमको अर्थ राजनैतिक चरित्र र विशेषताको अध्ययन हुन जरुरी छ । यो कार्यक्रमले पुरै क्षेत्रको आर्थिक जीवनमा पार्ने प्रभाव मूख्य विषय हो । यसका केही अन्तरंगको चर्चा गर्नु त्यत्तिकै जरुरी छ । चीनको आर्थिक विकाससँग मात्र यो कार्यक्रम जोडिएको छ कि ? अन्य क्षेत्रीय आर्थिक जिवनमा पनि प्रभावित गर्छ ? यसको सफलता वा असफलतासंग जोडिएर आउने प्रशंग हो ।

यो क्षेत्रीय साझेदारीले एशिया, अफ्रिका एवम् युरोपलाई यातायात सञ्जालले मात्र जोड्ने हैन । तिनका नीति, व्यापार, सुविधा, कोष र जनतालाइ २१ औं शताब्दीमा पनि जोड्नेछ । बेल्ट एण्ड रोडको कार्यक्रमिक अभिलेख अनुसार क्षेत्रीय साझेदारीमा बन्ने शिल्क रोडको महत्वलाई बुझ्न जरुरी छ । शिल्क रोड इकोनोमिक बेल्ट र २१ औं शताब्दीको सामुद्रिक शिल्क रोड चीनको महत्वाकांक्षी परियोजना हो ।

परियोजनाको झलक चीनको विकास र पुननिर्माण आयोग, विदेश विभागले सन् २८ मार्च २०१५ मा सार्वजनिक गरिसकेको छ । तर यो परियोजनाको रुपरेखाले पश्चिमा जगतलाइ सँगसँगै चिन्तित, आश्चर्यचकित र बढी आशंकित बनाएको छ । यिने आशंकाले गदा यो परियोजना व्यापक प्रचारित पनि छ ।

बेल्ट एण्ड रोडका मूख्य उद्देश्य भनेको खुल्ला आर्थिक कारोबार, बजारको एकीकृत रुपरेखा तयार गर्नु, यसको मार्गमा पर्ने देशहरुको आर्थिक नीतिलाई सुझावसहित सबलीकरण गर्नु यसको अन्तर्यमा पर्छ । यसले क्षेत्रीय साझेदारीलाइ व्यापक समेट्नेछ । उच्चस्तरमा गरिने यस्तो सबलीकरणले ति देशका नीतिहरुमा व्यापक प्रभाव पर्नेछ । यसले प्रभाव पार्ने अर्को विषयगत क्षेत्र आर्थिक साझेदारीको रुपरेखा तयार गर्छ जुन खुल्ला, समावेशी, सन्तुलित र फाइदाजनक पनि हुनेछ जसले सबै देशलाइ सहभागि हुन मद्धत पुग्नेछ ।

आञ्चलिक अवधारणा र मार्गहरु
शिल्क रोड इकोनोमिक बेल्ट एउटा नयाँ विकासे आञ्चलिक अवधारणा हो । तर, यो परम्परागत सिल्क रोड अवधारणामा स्थापित भएको हो । शिल्क रोड इकोनोमिक बेल्टले तिनवटा बाटो प्रस्ताव गरेको छ । उत्तरी बाटो यूरोप र एसिया जोड्ने हो । यसलाइ जमिनको पुल भनिएको छ । यसको मूख्य भागले बेजिङ–रुस–जर्मनी र उत्तरी यूरोपलाइ जोड्नेछ ।

मध्यमार्गमा बेजिङ–सियान–उरुम्क्वी–अफगानिस्थान–कजाकस्थान–हङगेरी र पेरीसलाइ जोडिनेछ । दक्षीणी रुट चीनको अन्तरदेशीय हाइ–वे हो । यो मूख्य मार्ग हुनेछ । यसले बेजिङ–दक्षीणी सिज्याङ–पाकिस्तान–इरान–इराक–टर्की–इटली र स्पेनलाइ जोड्नेछ ।

शिल्क रोड इकोनोमिक बेल्टको महत्वपूर्ण परियोजना भनेको सरल मार्गको व्यवस्था गर्नु हो । चीनदेखि यूरोप –बाल्टिक सागर)लाइ समाहित गर्दै मध्य एसीया र रुस, चीन पर्सियन खाडी र मेडिटेरियन सागर समाहित गर्दै मध्य एसीया र चीनबाट दक्षीण पूर्व एसीया र हिन्द महासागरलाइ जोड्नु हो ।

प्रतिक्रिया दिनुहोस्