झापा, २८ मंसिर । इलामको सुर्योदय नगरपालिकामा अवस्थीत श्री अन्तु पछिल्लो समय पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य बन्दै गएको छ । हरियाली वातावरण, चिसो मैसम अनि झुल्के घामले गर्दा यहाँ पुग्ने जो कोही पर्यटक लोभिने गरेका छन् ।
अन्तु पोखरी
यस क्षेत्रमा देश तथा विदेशबाट झुल्के घाम हेर्न दैनिक चार सय देखी पाँच सय पर्यटक भित्रने गरेका छन् । शनिबार तथा विदाको दिन यहाँ पर्यटकको चाप केही मात्रामा बढी हुने गरेको छ । यहाँ पुग्ने पर्यटक झुल्के घाम हेर्न मात्र नभई ‘बोटिङ’ मा पनि उत्तिकै आनन्द लिइरहेका हुन्छन् । यहाँको अर्को प्रमुख आकर्षण होमस्टे पनि हो । पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न वर्षेनी अन्तु महात्सव लाग्ने गरेको छ ।
![](https://sajilokhabar.com/wp-content/uploads/2018/12/7-e1544767608888.jpg)
झुल्के घाम
पोखरीको मनोरम दृष्य