Logo

सडकमा सुतेर चिया मजदुरले भने-सरकार हाम्रो पेट भोको छ,पारिश्रमिक देउ



झापा, २४ वैशाख । झापामा आन्दोलनरत चिया मजदुरले आज बितौमोडको मुक्ति चोकमा सुतेर एक घण्टा चक्का जाम गरेका छन् । मजदुर संगठनले श्रम ऐन लागू गर्न माग गर्दै तातो घामको प्रवाह नगरी सडकमा सुतेर विरोध गरेका हुन् ।

सयौं चिया मजदुरले नाराजुलुससहित प्रर्दशन पछि गरेको चक्काजाम अपरान्ह १ वजेदेखि २ वजेसम्म बिर्तामोडको यातायात अवरोध गरेका थिए । चिया मजदुरको आज भएको विरोध प्रर्दशन ३८ औं दिनको हो ।

सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ । तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपियाँ मात्र पाइरहेका छन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपियाँ तोकिए पनि कार्यान्वयन नभए पछि मजदुर सडक आन्दोलनमा उत्रिएका हुन् । सरकारले तोकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

हाम्रो पेट भोको भएकाले ऐनले तोकेको पारिश्रमिक देउ भन्दै कोणसभामाका वक्ताले माग गरेका थिए । मजदुर नेता दीपक पौडेल, भुपाल सापकोटा, यज्ञप्रताप अधिकारी, सीता सापकोटा, दीपक तामांग, सइकुमार राईले तत्काल पारिश्रमिक देउ नत्र सशक्त आन्दोलन गर्ने । मजदुर नेताले हाम्रो पेट भोको छ, भोग भेटले धेरै दिन पर्खन नसक्ने चेतावनी दिँदै भने, अवको आन्दोलन चिया उद्योगी र सरकार विरुद्ध चर्काउँछौँ ।


मदजुरर संघ संगठनले वैशाख २९ गते नेपाल चिया उत्पादक संघका अध्यक्षको निजी कार्यालयमा धर्ना र १ गते नेपाल चिया बिकास निगमका संचालकको निजी कार्यालयमा धर्ना दिने चेतावनी दिए । मजदुरले निजी कार्यालयमा धर्ना दिने भने पनि उनीहरुले संघका अध्यक्ष र निगम संचालकको घर घेराउ गर्ने कार्यक्रम राखेका छन् । माग पूरा नभए पछि मजदुर आक्रमक बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्