Logo

गैर नेपालीलाई नागरिकता बनाई दिने दुई वडा अध्यक्ष ४१ फरार, पक्राउ गर्न अदालतको आदेश



झापा, ३१ भदौ । झापा जिल्ला अदालतले १६ जना गैर नेपालीलाई नागरिकता दिएको नागरिकता सम्बन्धी मुद्दामा बिर्तामोड नगरपालिका वडा नम्बर ८ का अध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सनिलाल राजवंशी लगायत ११ जनालाई पक्राउ गर्न आदेश दिएको छ ।

प्रहरीले नागरिकता काण्डमा संलग्न ४६ जना मध्ये ५ जनालाई पक्राउ गरेको छ भने दुई वडा अध्यक्षसहित ४१ जना फरार रहेका छन् । बिर्तामोड ८ का अध्यक्ष राप्रपाबाट निर्वाचित भएका हुन् भने भद्रपुर ९ का अध्यक्ष नेकपाका कार्यकर्ता हुन् ।

विर्तामोड, भद्रपुर र झापा गाउँपालिकाका कर्मचारीसहित जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी पनि गरैनेपालीलाई नेपाली नागरिगरिकता दिने काममा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अदालतले भदौ १३ गते दिएको आदेशमा जिल्ला प्रशासन झापाका अधिकृत गौरव ढुङ्गेल, नायवसुव्वा मेघराज निरौला, खरिदार तेजिन्द्र न्यौपाने, प्रशासकीय अधिकृत चुडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जिवी अधिकारी रहेका छन् ।

यसैगरी विर्तामोड ८ का तत्कालिन सचिव लोकराज वराल, भद्रपुर ९ का वडा सचिव अरुणा भट्टराई, विर्तामोड ८ का वडाध्यक्ष अजय कार्की, भद्रपुर ९ का अध्यक्ष सनिलाल राजवंशी, तत्कालिन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपानेलाई पक्राउ गर्न आदेश दिएको हो ।

प्रहरीले घटनामा संलग्न कर्मचारीद्वय तेजिन्द्र न्यौपाने र लोकराज वराललाई पक्राउ गरिसकेको छ । घटनामा संलग्न टेकबहादुर गुरुङ विर्तामोड ५, प्रेम तिम्सिना भद्रपुर १० र भीमबहादुर लिम्वुलाई पनि प्रहरीले पक्राउ गरेको छ भने अरु फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्