Logo

बसबाट लडेका दीपकको अस्पतालमा बास, ३५ हजार नबुझाउँदा जान लाग्यो सास



बिर्तामोड, १६ कात्तिक । भाग्यरेखा बसबाट दुर्घटनामा परी घाइते भएका बिर्तामोडका दीपक कुमाल उपचार गर्न बि एण्ड सी अस्पतालमा भर्ना गरेको एक वर्ष भएपनि अप्रेशन हुन सकेको छैन । भाग्यरेखा बस संचालन गर्ने युनाइडेट भलायी कोषले अस्पतामा अप्रेशन खर्च ३५ हजार जम्मा नगर्दा उनको अप्रेशन हुन नसकेको हो । उनीको अवस्था निकै गम्भिर भएपनि अप्रेशन हुन सकेको छैन ।

यातायात व्यवसायीको लापवाहीले घाइते कुमालको अप्रेशनका लागि निधारको हाड निकालेको एक वर्ष भएपनि उपचार हुन सकेको छैन । घाइते दीपकको अप्रेशन त भएन नै उपचार र अस्पताल बसाइको ३५ लाख भन्दा बढी बील भएको अस्पतालले जनाएको छ । अस्पतालले घाइतेको बीलमा तागेता नगरेपनि यातायात व्यवसायीको लापरवाहीले उपचार नभएको हो ।

कुमाल गत वर्षको कात्तिक २३ गते मे १ ख १६७५ नंम्बरको भाग्यरेखा ट्राभल बसबाट ओर्लने क्रममा बिर्तामोड पूर्वको धर्मकाँटा अघि लडेर घाईते भएका थिए । दीपकको टाउकोमा गहिरो चोट लागेकाले तत्कालै बि एण्ड सी अस्पताल भर्ना गरिएको थियो । डाक्टरले अप्रेशन गनुपर्ने बताएका थिए । तर, बस व्यवसायीले एक वर्ष अघि अस्पतालमा ३५ हजार नबुझाउँदा अप्रेशन हुन सकने ।

बस संचालक बेदु प्रसाई आफूले सम्पूर्ण रकम संघलाई बुझाएकाले घाइतेको उपचार संघले गर्नुपर्ने भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् । युनाइटेडबाट फुटेर बिभाजन भएका दुई संस्थाको आपसी बिबादले उपचारमा समस्या भएको हो ।

दुर्घटनापछि युनाइटेड भलाई कोषले उपचारको खर्च व्यहोर्ने भनी इलाका प्रहरी कार्यालय बिर्तामोडमा काजग गरेपनि संघ विभाजनको बहनामा कोषले उपचार खर्च व्यहोरेको छैन ।

युनाइटेड भलाई कोष र कनकाई संघ बीचको आर्थिक विवादका कारण दिपकको उपचारमा लापरवाही गरेको श्रीमती जस्मिनले बताइन् । ‘अस्पताल बसेको एक वर्ष भयो ३५–४० लाख रुपैया भन्दा बढी बिल उठेको छ । आज सम्म एक रुपैयाँ तिरेको छैन ।’

घाइते दीपकका चार जना छोराछोरी छन् । कमाउने व्यक्ति नै एक वर्षदेखि अस्पतालमा भएपनि परिवारको विचल्ली भएको छ । दीपककी श्रीमतीले भनीन्, मैले अरुको घरमा काम गरेको पैसाले कति दिन पुग्छ र ! कमाएर ल्याउने श्रीमानको अवस्था त्यस्तो छ ।’

रकम जम्मा नभएर अप्रेशन गर्ने वातावरण नभएपछि डाक्टरले बिरामीलाई घर लैजान सुझाव दिएका थिए । बिरामीलाई घर ल्याएपछि उनलाई शरिर काम्ने आएको थियो । पटक पटक डाक्टरलाई देखाएपछि टाउकोमा पानी जमेपछि अस्पतालले दीपकको टाउकोमा भित्र जमेको पानी निकालेको थियो ।

दीपकको नाजुक अवस्था छ । उपचार र राम्रो आहार नुहँदा दीपकको शरीर अस्थिपञ्जर जस्तै भएको छ । उनी राम्ररी बोलन सक्ने अवस्थामा पनि छैनन् । न त परिवारले राम्रो खानपान गराउन सक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्