Logo

अस्ताउँदो सूर्यलाई अर्घ दिँइ छठ पर्व समापन (फोटो फिचर)



काठमाडौँ, १६ कात्तिक । छठपर्वको मुख्य दिन आज साँझ व्रतालुले नदि किनार, कुण्ड, पोखरी र तलाउमाअस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ । उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरीमा बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरेकी छन् ।

छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् ।

तराई–मधेशमा स्थायी घर भई काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्रतालु छठपर्व मनाउन र छठी माताको दर्शनका लागि ठूलो सङ्ख्यामा गुह्येश्वरी क्षेत्रमा पुगेका छन् ।

कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अघ्र्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि छठपर्व समापन हुन्छ ।

देशका प्रमुख धार्मिक स्थल तथा नदि किनारमा छठ पर्व भव्यतापूर्वक सम्पन्न भएका छन् । राजधानी तथा तराईका जिल्लामा छठ पर्व विषेश रुपमा सम्पन्न भउको छ ।

राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, बल्खु, नख्खु, विष्णुमतीलगायत नदी किनारमा पनि भव्यरूपमा छठपर्व मनाइँदै छ ।शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइएको छ ।


हेर्नुहोस् फोटो फिचरः

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्दै ।
छठ पर्व कमलपोखरीमा ।
बारामा छठ पूजा ।
धनुषामा छठ पर्व ।
पर्सामा छठ पर्व ।
पर्सामा छठ पर्व ।
झापामा छठ पर्व ।
झापाको मेची नदिमा छठ पर्व ।
झापाको मेची नदिमा छठ पर्व ।

प्रतिक्रिया दिनुहोस्