Logo

सुन कहाँ छ डिएसपी साव ?



झापा, ९ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यालय सचिव खेमराज वरालको डेराबाट सुन चोरी भएको दुई महिना बितेपनि प्रहरीले चोरीमा संलग्नको खोजीमा सक्रियता देखाएको छैन ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ सुब्बा चोक नजिकको पञ्चवस्तीमा रहेको मिना रेग्मीको घरबाट दिउँसो सुन चोरी भएको हो । तर, यतिका दिन बितेपनि इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीमा संलग्न पक्राउ गर्न सकेको छैन । वराल रेग्मीको घरको दोस्रो तलामा बस्दै आएका थिए । माथिल्लो तलामा घरधनी र तल्लो तलामा अर्का एक जना बस्दै आएका थिए ।

डेरामा बिहान चावी लगाएर हिँडेका वराल साँझमा फर्कँदा चावी खुल्लै थियो । घर धनीले आज गेटमा ताला लगाउन बिर्सनु भएछ ! भनेर प्रतिक्रिया दिएकी थिइन् । चावी लगाएको भन्दै वरालले हेर्दा गेटको चावी दराजको मुनी भेटिएको उनले बताए । चोरीमा संलग्नले दराज फुटाएर आमा र श्रीमतीका तिलहरी, चुरा, औँठी लगायतका सुनका गहना लगेको वरालको भनाई छ ।

घरधनी रेग्मीले आफु ११ बजे चावी लगाएर निस्किएको र ३ बजे फर्किएको प्रतिक्रिया दिएकी छन् । घरको मुख्य गेटको ताला नफुटेपनि वराल बसेको तलाको चावी फुटाएर चोरी भएको थियो । मूल गेटको ताला नफुट्नु दोस्रो तलाको चावी मात्र फुट्ने सहस्यमय भएको छ ।

चोरी भएपछि पीडित वरालले प्रहरीलाई खबर गरे । प्रहरी आएर मुचुल्का उठायो । भोली पल्ट उल्टै घरधनीले मेरो मानहानी भयो भन्दै प्रहरी कार्यालयमा उजुरी गरिन् । प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत एक असईले तुरुन्त इप्रका नआए पक्राउ गर्ने धम्की दिए । वराल आफैँ प्रहरी कार्यालय पुगे । वरालले म आफैँ पीडित हूँ, छलफलमा बस्दिन, जे गर्नु छ गर्नु भने ।

प्रहरीले चोर पक्रने होइन, पीडितलाई कारवाही गर्ने अवस्था आएपछि पत्रकार महासंघले घट्नाका सम्बन्धमा चासो राखेपछि घरधनी रेग्मीले प्रहरीमा दिएको निवेदन हरायो । त्यो कुरा उठाउँदा, त्यो छाडिदिउँन भन्ने जवाफ आउन थाल्यो ।

पत्रकार महासघ र पीडित वरालले चोरीका सम्बन्धमा अनुसन्धानका लागि इप्रका बिर्तामोडका डिएसपी मोहनकुमार थापालाई पटक पटक आग्रह गरेपनि चोरीमा संलग्नर्ला प्रहरीले पक्राउ पर्न सकेको छैन ।

प्रहरीको रेडिमेट जवाफ हुन्छ, अनुसन्धान हुँदैछ, संकास्पद वयक्तिको पोलिग्राफ टेष्ट गछौँ भनेको अढाइ महिना भएपनि काम हुन सकेको छैन । न त पोलिग्राफ टेष्ट भएको छ, न अरु चोरीमा संलग्न पक्राउ परेका छन् । इप्रका बिर्तामोडले अन्य कयौँ घटनाका दोसी पत्ता लगाएपनि वरालको सुन चोरीमा संलग्न पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्