Logo

मुस्ताङको अलौकिक सौन्दर्यता (फोटो फिचर)



झापा, १३ मंसिर । मन जित्न सुन्दर हुनुपर्छ, सुन्दर हुन हरियाली चाहिन्छ भन्ने धारणालाई मुस्ताङले गलत सावित गरेके छ ।उजाड देखिने मट्यौले वुङ्ग उड्ने वालुवाको पहाड, मरुस्थल झै लाग्ने भूगोलको अलौकिक सुन्दरताले त्यहाँ पुग्ने जो कोहिलाई मोहनी नै लगाइदिन्छ ।

धौलागिरी र निलगिरी हिमालको काखमा रमाइरहेको मुस्ताङलाई हिन्दू धर्मालम्वीको आस्थाको केन्द्र मुक्तिनाथले अझ सुन्दरता थपेको छ ।

हिमालपारीको जिल्लाको नामबाट चिनिने मुस्ताङ भौगोलिक विकटताले गर्दा विकासमा पछि परेपनि त्यहाँको प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक र पुरातात्विक महत्वको कारण लाखौं पर्यटकको गन्तव्यको कैन्द्रबिन्दु बन्दै गएको छ ।

मुस्ताङ नेपालको लागि मात्र नभएर विश्वकै लागि चर्चित वन्न पुगेको छ । विदेशी पर्यटक विशेसत भिरैभिर पाहाडै पाहाडको बिचमा साईकलिङ गर्न रुचाउने भएकाले त्यहाँ पुगेर साईकलिङमा रमाउने गर्छन् ।

पोखरा वाग्लुङ राजमार्गलाई मालढुंगामा छोडेर वेनी, तातोपानी, रुप्से, हुदै जोमसोम पुगिन्छ । कालिगण्डकी तर्दै पहाड चढ्दै वगर झदै जाँदा बाटोमा देखिने हरिया डाँडा, त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ ।

मुस्ताङको सदरमुकाम जोमसोम हो। यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् ।

अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। यसको करिब करिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ। प्राय बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

हेर्नुहोस् सुन्दर १४ तस्विर

प्रतिक्रिया दिनुहोस्