धेरै दिनपछि माइलाबाका घरमा जानै पनेर् जरुरी काम परेकोले भारी पा्इला चाल्दै अलिक डर, धक, संकोच मान्दै म पुगेँ । ठूलो घर, फराकिलो आँगन, विशाल गाईगोठ, घोडाको स्तबल, आँगनका पुछारमा खर्लक्कै निलिहाल्लान् जस्ता भोटेकुकुर बाँधेका, घरभरि तिघ्रे–पाखुरे नोकरचाकर, ठूलै जिमिदार सामन्तीको रवाफ, घर अगाडि जातजातका फूल ढकमक्क फुलेका, घर वरिपरि खै के–के प्राविधिक उपकरण जोडिएका, एउटा सम्भ्रान्त घरको शानशौकतयुक्त सजिसजाउ थियो त्यहाँ ।
म पुग्दा माइलाबा नोकरचाकर, आशे गाँसेहरूलाई काम अराउँदै थिए । अराउनुभन्दा बढ्ता हप्काउँदै थिए । उनका घर वरिपरि मसिना झुप्रा छाप्रा घरहरू थिए, ती घरहरूमा सर्वत्र बुढाकै हकडक र रजाइँ चलिरहेको स्पष्टै अनुमान लाउन सकिन्थ्यो । दिल्ली पुग्दा नेपाली नेता र तिनका दुई जन्ती जति मान्छेको टोली रनभुल्ल परेर अल्मलिए झैं माइलाबाका घर परिसरमा म पनि अल्मलिएँ ।
म बुढाको घरमा पुगेको उनले थाहा पाएर पनि थाहा नपाएको अभिनय गरे । म गएकोमा खायस गनेर् त झन् कुरै भएन । बुढा आफ्नै तानेमुने धन्दामा व्यस्त जस्ता देखिन्थे । उनले– ‘त्यता कता खोस्टे पिरा होला, खोजेर बस् है केटा !’ भन्दै आफ्नै काममा लागिरहे ! निकै बेर बसेपछि बुढाले मतिर नहेरी अलिक हेपाइती किसिमले ‘के चाहियो र आाइस्’ भनेर सोधे । मैले अन्कनाउँदै कपाल कन्याएँ ।
आफ्ना कुरा ठाडै खसोखास रूपमा राखौं भने मार्छन् होला बुढाले, खै कसरी पो भन्नु ! मलाई निकै सकस पर्यो । आफ्ना कुरा भन्ने किसिमको वातावरण नै बन्न दिएनन् बुढाले । एकछिन पछि उनले उनको तिघे्र नोकरलाई ‘यो भतिजलाई पनि चिया–खाजाको बन्दोबस्त गर’ भनेर अराए । त्यसपछि अकोर् चाकरलाई आदेशात्मक किसिमले भने– ‘ए ठाइँला ! यो भतिज के भन्छ, उसको कुरो बुझिराख्नू’ भनिराखेर उनी घरभित्र पसे ।
बुढाको चाला देखेपछि म अरगज्ज परें । वार्ता गर्न दिल्ली पुगेका नेताहरूको जस्तै मेरो पनि हुर्मत भयो । म भित्रभित्रै ज्यादै पिरोलिएँ । साँचो सत्य कुरा गरौं, बुढाले टिप्पा उडाइहाल्छन्, नभनौं घर फकेर्र जाँदा आफ्नै बुढीले कुचाको डाँक्लाले सोझ्याइहाल्छे । कस्तो संकट !
निकै बेरपछि बुढा घरभित्रबाट बाहिर आँगनमा निस्किए । कुन चाहिं नोकरलाई खाउँला झैं झपादैर् एउटा कुर्सी ल्याउन अराए अनि आँगनका बीचमा कुर्सी राखेर बाटातिर फर्किएर उप्परखुटी लाएर बसे । घर अगाडि ठूलो बाटो थियो । स्कूल जाने बेला भएकोले बाटामा विद्यार्थी हिंडिरहेका थिए । हिंड्दै गरेका एक हुल स्कूले केटाकेटीलाई हप्काउँदै उनले आफ्नो नजिक बोलाए र लाइन लाग्न अराए । बबुरा विद्यार्थीहरू डराउँदै लाइनबद्ध भए । अगाडिको केटालाई बिनाबित्थाँ कन्सिरी उखेल्दिएर जा भने ।
दोस्रोलाई फुत्तै हाप्पेन्ट तल तानिदिएर नाङ्गै बनाएर लाजमर्नु बनाइदिए । तेस्रोलाई टाउकोमा प्याट कुटेर घँचेटे । यो बाटो हिंड्दा मलाई किन नमस्ते गरिनस् भन्दै कानमा दुख्नेगरी चिमोटे । केटीहरू कसैको कपालको गाँठो फुकाइदिए, कसैको चिम्टी र कसैको हेयरविन खुस्काइदिए । बाँकी अरु सबैलाई खाउँला झै गरेर हेरे अनि– ‘तिमेर्का बालाई मलाई भेट्नु अरे भन्नू’ भन्दै घुर्चिदिए । बुढाको चाला हेर्दा आफूलाई महान् भनेर स्वघोषित गनेर् देशले छिमेकीहरूलाई बिना कारण हेपेजस्तै ती विद्यार्थीहरूलाई माइलाबाले मनलाग्दी हेपे ।
विद्यार्थी गइसकेपछि मैले बुढालाई सोधें– हैन होउ माइलाबा ! तपाईंले यी बालक केटाकेटीहरूलाई के गरेको, किन त्यसो गरेको, तिनले के बिगारेका थिए ? ‘यसो गरेन भने भोलिदेखि मलाई गन्दैनन् । स्वस्ती गर्न पनि छोडछन्, ठाडै बोल्न थाल्छन्, मुख लाग्न बेर लाउँदैनन्, यिनीहरूलाई अदवमा राख्नु पर्छ ।
यसरी थिचेर राख्यो भने उनीहरूमाथि अन्याय नै गर्दा पनि बोल्न प्रतिवाद गर्न सक्तैनन् । यो साइकोलोजी कुरा हो, तँ बुझ्दैनस् । तँ पनि धेरै बाठो हुन नखोज ।’ भन्दै मैंतिर फर्किउँला झैं पो गरे ! फेरि मैले सोधें– ती केटाकेटीका बाबुलाई चाहिं किन बोलाएको त ? उनले हल्का मनोरञ्जनात्मक पाराले भने– ‘त्यत्तिकै बोलाएको नि । के भो त, आउँछन् जान्छन् । आएपछि आज फुर्सद छैन, भोलि पर्सि आउनू भनेर तारेख दिएर पठायो नि ! धाइरहुन् न वषैर्भरि । मान्छेलाई ठेगान लाउने तरिका हो यो ।’
मैले छोटो प्रतिक्रिया व्यक्त गदैर् भनें– हैन माइलाबाले उहिले बनारस पढ्ढा भारतीय राजनीति पनि पढेर आउनु भएछ, ठ्याक्कै मिल्छ त ! संस्कृत पढेर पण्डित बन्नु भो भनेको त, राजनीतिको पण्डित पो बन्नु भएछ । ‘हैन के भन्दैछ यो’–भनेर बुढाले बल्ढ्यांग्रा जत्रा आँखा पल्टाउँदै रिसाइ पो हाले त ! बुढालाई रिसाउन दिनु पनि भा’छैन । आफूलाई महान ठान्ने परममित्र छिमेकी देशले बहत्तर सालमा घाँटी अठ्याएर किल्किले नै झण्डै चुँडाएजस्तो बुढा ममाथि आइलागे भने त बित्यास पर्छ भन्ठानेर हत्तनपत्त भनें– होइन–होइन, तपाईंले राजनीति गरेकै होइन । संस्कृतकै एक हजार आठ महापण्डित नै हुनुहुन्छ भन्दिएँ ।
एकछिन पछि बुढा सामान्य अवस्थामा आए अनि सोधे– ‘हेर केटा ! तँ कति कामले आएको थिइस् ! तँसँग बसेर गफ गनेर् मेरो फुर्सद छैन । त्यसकारण तेरो जम्मै कुरा मेरा केटाहरूसँग राखेर जा ! बिचार गदैर् गरांैला । यसरी नै बेलाबेलामा आउँदै गर्नू । तेरो र मेरो चिनजान आजको मात्रै होइन, जिजु–बराजुदेखिकै हो; यसलाई बिर्सनु हँुदैन । कुनै पनि आपत्विपत पर्यो भने निसंकोच आउनू, तेरा निम्ति माइलाबाको घरको ढोका सधैं खुल्लै रहन्छ ।’ बुढाका कुरा मलाई शासकहरूका कूटनैतिक भाषा जस्तै लागे ।
बुढा उठेर गएपछि उनले अलिक अररा, जिराहा, झेली, धूर्त किसिमका उनका पाखुरे केटाहरूलाई कुरा गर्न पठाएछन् । मोही मांग्ने, ढुङ्रो किन लुकाउने भन्ने लागेर मैले दरो भएर आफ्ना कुरा राखें– माइलाबाका खेतालाले वषेर्नी आली ताछेर आफ्नो खेत मिच्तै लागेको, सिमानाको किलो सादैर् लागेको, भैंसी छोड्दिएर बालीनाली नष्ट गनेर् गरेको, कुलाको पानी जत्ति सबै लगेर आफ्नो खेत सुख्खा बनाएको, उनका मान्छे खेतभित्रै पसेर बिजाइँ गनेर् गरेको… इत्यादि कुरा त जसोतसो सहँदै आएको हो; तर हँुदाहँुदै अहिले खेतको एउटा आँठो नै मिचिएको हु्ँदा फिर्ता पाउँ भन्न आएको कुरा स्पष्टै राखिदिएँ ।
त्यस्तो कार्य भएकै छैन, त्यस्तो आरोप लाउन पाइन्न– भन्ने आशय उनको अररो पाखुरे चाकरले व्यक्त गर्यो । अकोर् जिराहाले– अहिले जे जस्तो साँधसिमाना छ, त्यही नै असली सिमाना हो भनिदियो । झेलीले नयाँ–पुराना कागजपत्र झिकेर कुतर्क अगाडि सार्यो । पालो आयो धूर्तको, उसले भन्यो– झगडा लफडा कचेडा गर्नु हुँदैन, हतारमा कुनै निर्णय लिनु हुँदैन, के भएको रहेछ राम्रो कुरा बुझ्नु पर्छ, केही बितेको छैन, प्राविधिक अमिनका कुरा पनि सुन्नुपर्छ, मिच्ने मिचिने कुरा कतै कसैबाट गरिनु राम्रो होइन । यो हामी दुईको आपसी माम्लो हो ।
कुनै तेस्रो मान्छे गुहानेर् काम पनि गर्नु हँुदैन । तपाईं जस्तो असल छिमेकीबाट त्यस्तो कार्य होला भनेर सोच्न पनि सक्तैनौं । माइलाबा तपाईंका हितैषी हुनुहुन्छ । उहाँ कसैमाथि कहिल्यै अन्याय गर्नु हुन्न । विवेक वुद्धि र विचारले परिपक्व हुनुहुन्छ । तपाईं जस्तै अन्य छिमेकीहरूसँग पनि उहाँको सुमधुर सम्बन्घ छ ।
सबै छिमेकीहरूले हाइहाइ गरिरहेका छन् । झगडा लफडा कचेडा गर्नु, उकुर्जी उराल्नु राम्रो होइन; कूटनैतिक वार्ता गर्नु पर्छ । वार्ताबाट एउटा सिमाना अनुसन्धान टोली बनाउनु पर्छ, चाँडै काम सकिएन भने टोलीको म्याद थपिदिनु पर्छ । तात्तातो कुनै निर्णय गर्नु बुद्धिमानी हुँदैन…इत्यादि कुरा गरेर बोरामा हालौंला झैं ग¥यो ।
ती तिघ्रे धूर्त ब्वाँसाका सुनिसकेपछि मैले पनि चड्किएर– म तिमेरूसँग कुरै गर्दिन । सोझै माइलाबासँगै कुरा गनेर् हो । बोलाऊ तिम्रा मालिकलाई । तिमेरूका गाँजे गेजु गुल्चे गोज्याङ कुरामा अल्मएिर बस्ने मेरो फुर्सद छैन– भनिसक्ता ती चारैजना निचोरिएका कागतीजस्ता भए । यत्ति जाबो कुरामा मालिकलाई किन… भनेर अझै पनि एउटाले मुख खोल्दै थियो, मैले उसका कुरा नसुने झैं गर्दिएँ । आफ्नो नम्बरी एउटा आँठो मिचेका छन्; तिन्का निम्ति जाबो कुरो भयो अरे ! तिनका कुराले मलाई सारै रनाहा चल्यो ।
निकैबेर बसेपछि बुढा अलिक ओझेल परेको जस्तो मुख लाएर आइपुगे । कुरो के भो भनेर उनले सोधे । मैले पनि तपाईंको चाकरले हेपायती किसिमले कुरोलाई हल्का रूपमा लिए । मलाई अल्मल्याउन खोजे । लु तपाईं भन्नुहोस्– बिघौंबिघा जमीन हुने तपार्इंले मेरो पाँच–सात कठ्ठा जमीनमा किन आँखा गाड्दै दलबल गर्नु हुन्छ ?
तपार्ईलाई त्यत्रो जमीनले पनि खान–लाउन पुगेन ? कि अघि ती विद्यार्थीहरूलाई पाटपिट पारे झैं गर्न खोजेको ? म जस्तै तपाईंका अरु छिमेकीहरू प्नि तपाईंको दलाइ र पिराहा व्यवहारबाट आक्रान्त छन् अरे । तपाईंको कुटनीति लूटनीतिमा परिणत भइसकेको धेरै भइसक्यो । बोलाउँ गाउँ–समाज र पञ्च भलाद्मी ? मेरो खेतको आँठो तपाईंको आफ्नो सिमानामा सार्नुहुन्छ कि हुन्न ?
बुढाले रिसआवेगलाई आफूभित्रै दबाउने असफल प्रयास गदैर् भने– ‘केटाहरुलाई थाहा नभएर खेतको आँठो सारेछन्, अब भइगो साविकमै सारौंला । गाउँ समाज पञ्च बोलाउने कामै छैन’ भनेर बुढा लत्रिएपछि म पनि फर्किएँ घरतिर । मेची खबर साप्ताहिकबाट