Logo

नेपालको पूर्वी सीमा टिस्टा नुहुँदा….



दार्जिलिङ, १७ संसिर । नेपाल अंग्रेज बीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्ध सुगौली सन्धीमा गएर टुङ्एिको थियो । सुगौल सन्धीले विशाल नेपालको नक्सा सीमित गरिदियो । पूर्वमा टिस्टा देखि पश्चिममा कांगढासम्म फैलिएको नेपाल पूर्वमा मेची र पश्चिममा महाकालीमा सीमित हुन पुग्यो । सुगौली सन्धीमा नेपालले एक तिहाई भूभाग गुमायो ।

राष्ट्रकबि माधव प्रसाद घिमिरेले एक कवितामा विशाल नेपालका सम्बन्धमा लेखेको गीतः

पश्चिम किला कांगडा, पुर्वमा टिष्टा पुगेथियौं।
कुन शक्तिको सामुमा कहिले हामी झुकेथियौं।

विशाल नेपालको नक्सा

पूर्वमा मेची नदीमा खुम्चिनु पर्दा नेपाल भारत बेस्ठित हुनु पर्यो । यदि टिस्टासम्म सीमा कायम भएको भए उत्तर पूर्वी भारत हुने नै थिए । आसाम, मेघालय, मणिपुर जस्ता अहिलेका राज्य अर्कै स्वरुपमा हुने थिए । नेपालको समुन्द्र र बंगलादेशसम्मको पहुँच सहज हुन्थ्यो ।

नेपालको स्वरुप नै अर्कै हुने थियो । ब्रिटिसले भारत छाड्ने समयमा पनि टिस्टा सम्मको भूभाग नेपालले फिर्ता लिने आँट नगर्दा नेपालको सीमाना पूर्वमा मेचीसम्म सीमित भएको थियो ।

सुगौली सन्धीमा नेपालले पूर्वमा दार्जिलिङ,सिक्किमको क्षेत्र र काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल (वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू गुमाउनु परेको थियो ।

पूर्वमा अहिलेको दार्जिलिङ, सिक्किम मात्र होइन, सिलिगुडी र कोच बिहारको मैदानी भाग पनि गुमाउनु परेको थियो । पश्मिम बंगालको सिलिगुडीको लगभग १० किमी उत्तरमा रहेको बाग पुल नै भारतलाई उत्तर पूर्वी भूमिसँग जोडिएको छ ।

अंग्रेजले निर्माण गरेको यो पुल र भूमीलाई चिकन नेक अर्थत कुखुराको घाँटीको रुपमा अहिले पनि हेरिने गरेको छ । यो घाँटी नहुँदो हो त भारतको एउटा ठूलो हिस्सा भारतको नक्सामा सम्भवत आज हुँदैन थियो ।

टिस्टा नदी
बाग पुल
बाग पुल

प्रतिक्रिया दिनुहोस्