Logo

यस्तो बन्दैछ लेटाङमा देशकै नमूना धार्मिक पार्क (हेर्नुहोस्ः १५ तस्वीर)



मोरङ, ३ पुस । लेटाङ नगरपालिका वडा नम्बर १ को राजरानीमा लगभग २५ कररोडको लागतमा अन्तर धार्मिक पार्क निर्माण हुने भएको छ । प्रदेश सरकारले पार्क निर्माणका लागि डिपिआरतयार गरेको छ ।

धार्मिक विविधता झल्कने तथा पर्यटन बिकासको उद्देश्यले प्रदेश सरकारले धार्मिक पार्क निर्माण गर्न लागेको हो । निकै आकर्षक र सुन्दर हुने पार्क लेटाङको राजारानी ताल नजिकको चुरे डाँडामा निर्माण हुने भएको छ । पार्कमा नौ वटा धर्मका द्वारसहितका मठ मन्दिर हुनेछन् ।

हिन्दू, बौद्ध, इस्लाम, किरात, वाही, प्रकृति, क्रिस्चियन, जैन र वोन धर्मका मठि मन्दिर बन्नेछन् । जसको दृष्यावलोकन गर्दै वा ती मठ मन्दिरका द्वारबाट सबैभन्दा माथि रहेको गुम्बा आकारको हलमा पुगिने छ ।

माथिबाट हेर्दा देखिनृ दृष्य

प्रदेश सरकारले व्यावसायिक हिसावले निर्माण गर्न लागेको धार्मिक पार्क १२ कठ्ठा क्षेत्रफलमा रहने लेटाङ वाडा नम्बर १ का अध्यक्ष विष्णुकुमार मगरले बताए । नजकैको राजारानी ताल ३२ हजार हेक्टरमा फैलिएको छ । राजारानी क्षेत्र धिमाल जातिको उद्गम स्थल मानिन्छ ।

ट्रियु विल्ट इन्जिनियरिङ कन्सल्टेन्सीले डिजायन र डिपिआर तयार गरेको हो । सामाजिक बिकास मन्त्रालय बिराटनगरमा मन्त्री, मन्त्रालयका सचिव, प्रदेश सभा सदस्य लगायतका सरोकारवालावीच बुधवार प्रस्तुत गरिएको थियो । सामाजिक बिकास मन्त्री जीवन घिमिरेले स्रोत जुटाएर धार्मिक पार्क निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कानेपोखरीबाट १३ किलोमिटर र बेलवारीबाट १९ किलोमिटर यात्र गरेपछि धार्मिक पार्क पुगिनेछ । पार्क निर्माणका लागि २२ करोड ३६ लाख लाग्ने अनुमान गरिएको छ भने सबै धार्मिक समूहका कला र सामग्रीसमेत गर्दा लगभग २५ करोड खर्च हुने कन्सल्टेन्सीले जनाएको छ ।

तस्वीरमा धार्मिक पार्क

हिन्दू द्वार
बौद्ध
किरात
इस्लाम
क्रिस्चियन
जैन
वाही
प्रकृति
वोन
पार्क जाने बाटो
दृष्यावलोकन स्थल

प्रतिक्रिया दिनुहोस्