Logo

सुभाङलाई जलाएको शंकामा सासू, ससुरा र श्रीमती प्रहरी नियन्त्रणमा



झापा, २१ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने नजिकै खेतमा आज सुभाङ शेखको जलेको अवस्थामा शव फेला परेपछि प्रहरीले परिवारका तीनजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनुसन्धान र सोधपुछका लागि मृतक शेखकी श्रीमती शुष्मा शेख, सासू पारु शेख, र ससुरा रहमान शेखलाई नियन्त्रणमा लिएको हो ।

विर्तामोडस्थित इलाका प्रहरी कार्यालय विर्तामोडले उनीहरुमाथि अनुसन्धानका लागि सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

तीनै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुषमाका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले भने, “घटनाको विषयमा अनुसन्धान हुँदै छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँन लागेका छौंँ ।”

अनुसन्धानका लागि कुकुर
प्रहरीले अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय घरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान शुरु गरेको छ । जलेको शव जनिकै खेतको बीचमा पुरुषको संवेदनशील अंङ्ग (अण्डकोष सहितको गुप्ताङ्ग) काटेर फालिए जस्तो मासुको डल्लो फेला परेको छ । प्रमाण नष्ट गर्न कसैले शेखको हत्या गरी जलाएको हुन सक्ने स्थानीयले बताउँदै आएका छन् । लिङ्ग भए नभएको परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्