Logo

भद्रपुरमा जेष्ठ नागरिकका लागि ‘बुटिक चौतारी’ (हेर्नुहोस् १० तस्वीर)



झापा, १ चैत्र । भद्रपुर नगरपालिका वडा नम्बर ९ चन्द्रगढी को देवकोटा चोकमा बुटिक डिजायनमा जेष्ठ नागरिक देवकोटा चैतारीको उद्घाटन गरिएको छ ।

नवनिर्मित सो चौतरीको भद्रपुर ९ का जेष्ठ नागरिक तथा समाजसेवी विष्णुप्रसाद शिवाकोटी र दुर्गाप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । स्थानियको अग्रसरतामा १० लाख १८ हजार ६ सय रूपैयाँको लागतमा निर्माण गरिएको छ ।

चौतारी मेची राजमार्गको चन्द्रगढी-चारआली सडकमा रहेको देवकोटा चोकमा निर्माण गरिएको छ । यात्रुलाई सवारी प्रतिक्षा गर्न तथा स्थानीय जेष्ठ नागरिक फुर्सदको समयमा भेला भएर गफगाफ गर्ने उपयुक्त स्थानको रुपमा निर्माण गरिएको छ । चौतारीमा ३० जना मानिस अटाउने क्षमता रहेको छ । चौतारीको माथिल्लो भागमा नेपाल भ्रमण वर्षको लोगो सजाइएको छ ।

भद्रपुर ९ की कौसिला दाहाल र देवकोटा स्मारक संरक्षण समितिले निशुल्क जग्गा प्रदान गरेपछि स्थानीय २ सय ३१ जना दाताबाट संकलित रकमबाट बुटिक जिजायनमा कलात्मक आधुनिक किसिमको सुविधा सम्पन्न चौतारीको निर्माण गरिएको हो । गत कार्तिक २३ गते विधिवत रूपमा शिलन्यास गरिएको चौतारीको निर्माण भद्रपुर निवासी कलाकार तथा वास्तु डिजाइनर संजय प्रधानले गरेका हुन् ।

देवकोटा जेष्ठ नागरिक चौतारी निर्माण समितिका संयोजक सोमप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ नागरिक द्वय विष्णुप्रसाद शिवाकोटीे र दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन भएको थियो ।

समारोहमा चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितकिा अध्यक्ष चुडामणी मैनाली, देवकोटा संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेल, कन्चनजंगा एफ एमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्