Logo

झापाका दैनिक तथा साप्ताहिक पत्रिका बन्द



झापा, ११ चैत । झापा दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएका छन् । कोरोना भाइरस संक्रमणका कारण पत्रिका प्रकाशन तथा बितरणमा समस्या भएपछि झापाका दैनिक तथा साप्ताहिक पत्रिका बन्द भएका हुन् ।

पत्रिकाका सम्पादका प्रकाशकको आज बिर्तामोडमा भएको छलफलले पत्रिका बन्द गर्ने निर्णय गरेको हो । सम्पादक प्रकाशकले असहज परिस्थितिमा पत्रिका प्रकासन गर्न कठिनाई भएकाले बन्द गर्नु परेको उल्लेख गर्दै बन्द भएका पत्रिकाको सूचना विभाग र प्रेस काउन्सिलको वर्गीकरण मूल्याङ्कनमा सहजीकरण गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

झापाका दैनिक तथा साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसाण विभागलाई अलग अलग ध्यानाकर्षण पत्र दिएका छन् ।

कोरोना भाइरस संक्रमणका महामारीका कारण मोरङ, चितवन लगायतका जिल्लाका दैनिक तथा साप्ताहिक पत्रिका बन्द भएका छन् । झापामा ९ वटा दैनिक पत्रिका छन् भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्