Logo

यस्तो बन्दैछ, ‘गौरादहको पोखरी’

(फोटो फिचर)



झापा, ८ असार । झापाको गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरु योजना तयार भएको छ ।

गौरादह पोखरी पर्यटकीय क्षेत्र विकास समितिले नगरपालिकाको २० लाखको सहयोगमा गुरु योजना तयार गरेको हो । ३५ करोडको लागतमा ५ वर्षमा सम्पन्न हुने गुरु योजना आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने विकास समितिका अध्यक्ष दीपक कार्कीले बताए । संघीय सरकारले बजेट कार्यक्रममा परिसकेकाले कार्यान्वयन समस्या नहुने अध्यक्ष कार्कीले बताए ।

गौरादह बजारमा १२ बिगाह क्षेत्रफल मध्ये लगभग ९ बिगाह पोखरीको भाग रहेको छ । पानीमा हुने प्रजातिको फूलका लागि केही भाग छुट्याएर ठूलो क्षेत्र आकर्षक पोखरीमा विकास हुने भएको छ ।

पोखरीमा आकर्षक पार्क, २३ मिटरको भ्यू टावर, वोटिङ, फोहोरा, पोखरी बीचमा अतिथि गृह, सवारी पार्क लगायतका आकर्षक स्थल निर्माण हुने कार्कीले जनाकारी दिए ।

राजमार्गबाट ९ किलोमिटर दक्षिणमा रहेको गौरदहको महत्वपूर्ण पर्यटन स्थलको रुपमा विकास हुने भएको छ । गौरादह नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्दछ ।

तत्कालीन गाउँ पञ्चायतले बिक्रम सम्वत् २०३२ सालमा ठूलो दहलाई माछा पोखरी बनाउन चार वटा पोखरी बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्