Logo

एक भारतीयको नजरमाः नेपाल-भारत सम्बन्ध



म नेपाललाई तटस्थ भएको देख्न चाहन्छु । चीन र भारत दुबै नेपालका छिमेकी र मित्र राष्ट्र हुन् । उत्तरसित भृकुटी र अरनीको साइनो छ भने दक्षिणसित सीताको साइनो छ । नेपालले वैदेशिक नीति आफ्नै तर्जुमामा तयार गर्नु पर्छ ।

नेपालले पाकिस्तान जाँदा भारतलाई दुख्नु हुँदैन । नेपालले भारत र बंगलादेश जाँदा चीनलाई दुख्नु हुँदैन । नेपाल एउटा सार्वभौम देश हो । सार्वभौमिक नागरिक कुनै पनि देशमा जान र आउन स्वतन्त्र हुनुपर्छ । नेपालले चीनलाई भेट्नै नहुने, पाकिस्तानलाई भेट्नै नहुने जस्तो विषयमा भारत तथा अन्य कुनै राष्ट्रले पनि अवधारणा समाप्त गर्नु पर्छ ।

भारतसित जस्तो दलाली गर्न सजिलो छैन चीन । नेपाल स्थित भारतीय राजदूतावासमा धाउने अनि राजदूतावासले पनि धाउनेहरूलाई गोजी भरिदिने अनैतिक कृत्यले नेपाली र भारतीय बीच विश्वास घट्दै गएको हो ।

भारतीय राजदूतावासबाट नेपाल र नेपालीको सर्वांगीण विकास भन्दा पनि दूतावासका कर्मचारीले निजी लाभ र नेपालका आसे, दरिद्र नेता र कर्मचारीले व्यक्तिगत लाभ लिने जस्ता योजनामा समस्त परियोजना चलाएको हुँदा भारतीय राजदूतावास नेपाल विरोधी निकायको रूपमा देखिएको छ । भारतीय पत्रकार र भारतीय मिडियाको भूमिका पनि दुबै देशको सम्बन्ध बिग्रिनुमा मुख्य पक्ष रहेको विज्ञहरूको ठहर छ ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल जाँदा जुन उमंग र उत्साहका साथमा नेपालले स्वागत गरेको थियो, त्यो उत्साह र उमंग भारतमा पनि थिएन । काठमाडौँका हरेक गल्ली, दिमाग़,हात र मुख मोदीमय थिए । माओवादी र कम्युनिस्टहरूको हिन्दू विरोधी गतिविधिदेखि वाक्क भएका नेपाली जनता मोदीको हस्तक्षेप भए हिन्दू राष्ट्र बनिन्छ नेपाल । अनि नेपाल भारत बीच सम्बन्धमा प्रगाढ़ता आउँछ ।

व्यापार, व्यवसाय र पर्यटनमा सरलता आउला भन्ने आशा नेपाली जनमानसमा थियो तर स्वागत खाएर भारत आएपछि मोदी सरकारले नेपालमाथि हस्तक्षेप गर्यो। नेपालले संविधान दिवस मनाएको भारतलाई पचेन ।

पाकिस्तान, चीन र अमेरिकाले नेपालको संविधानलाई स्वीकार गर्दा पनि भारतले नेपालको संविधानमाथि असहमति जनायो । आजसम्म पनि नेपाली संविधान प्रति भारतको सात बुँदे असहमति यथावत् छ । मोदी सरकारले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । नेपालका मधेशी नेतालाई दिल्ली बोलायो ।

दार्जीलिङमाथि मौन भारतीय सरकारले नेपाल विषयमा सदनमा बैठक बोलायो । मोदी सरकारको यस कदमले मोदीप्रति दिएको सम्मान तुरुन्त आक्रोशमा परिणत भयो । मोदी सरकारले मधेशी उचालेर निजी मामिलामा हस्तक्षेप गर्यो भनी नेपालको ठूलो समुदाय मोदी विरोधी भयो ।

त्यसपछि भारतका राष्ट्रपति प्रणब मुखर्जी नेपाल भ्रमणमा जाँदा नेपालले राष्ट्रीय विदा घोषित गरेर भव्य राजकीय सम्मान गर्यो । नेपालले भारतप्रति गर्ने सम्मानमा के कमी राख्यो र रु स्वर्गीय सुषमा स्वराज विदेश मंत्री छँदा नै नेपालमा नाकाबन्दी भयो ।

सुषमा स्वराजले सदनमा सफाई दिँदै भनेकी थिईन् (हामीले मात्र हैन,पूर्ववर्ती सरकारले पनि नेपालमाथि नाकाबन्दी गरेका थिए । नाकाबन्दी नेपालको मधेशीले गरेका हुन् भने पनि सदनमा आफैं पोल खोलिपठाइन् ।

लेखक स्वामी स्वदेशानन्द

भारतीय जनता पार्टी रक्सौलका एक जना महेश अग्रवाल नामक व्यापारीले नेपालमा नाकाबन्दी गर्नेहरूलाई खान र बस्नको समेत प्रबन्ध गरेका थिए । महेश अग्रवालले नेपाली विरुद्ध नेपालका बिहारीहरूलाई घद्ध दिन सम्म बिहान(बेलुका खानाको व्यवस्था गरिदिए बापत् मधेशी जन अधिकार फोरम नेपालले अग्रवालाई सम्मान सम्म गरेको थियो ।

यस्ता कतिपय कारणले नेपालको संघ परिवारदेखि विश्वास उठ्दै गएको हो । यति भैकन पनि सुषमा स्वराजप्रति नेपालीको श्रद्धामा केही कमी थिएन । सुषमाको देहावसान पछि भारतीय सामाजिक संजाल भन्दा धेरै नेपाली सामाजिक संजाल शोकमग्न थियो ।

वर्तमान सीमा विवाद छोडेर नेपाल र भारतबीचको सम्बन्धमा नेपालको तर्फबाट केही कमी आएको छैन । फेसबुके तातो रीस र टिप्पणी भन्दा दह्रो छ नेपाल भारतको सम्बन्ध । नेपाललाई भारतले मात्र पालेको छ,भारत विना नेपाल मरिहाल्छ भन्ने सोचमा परिवर्तन आउनु पर्छ ।

भारतले जति नेपाललाई पालेको छ,त्यति नै नेपालले पनि भारतलाई पालेको छ । नेपाल भारतको ग्राहक देश हो । शिक्षा, स्वास्थ्य, पर्यटन र मनोरन्जनमा नेपालले भारतमा ठूलो रकम रेमिटेंस दिएको छ । नेपाल भारतको सीमानामा नेपाली जनसंख्या भन्दा धेरै भारतीय दोकानेहरूको मुखमा माड लाउने नेपाल नै हो ।

भारतले किन सन्देह गर्छ रु भारतले नेपाललाई सन्देहले हेर्ने प्रमुख कारण हो रुपियाँ पैसामा बिक्री हुने नेपाली नेताको चरित्र । अधिकांश नेपाली नेता राजदूतावासबाट जाँड रक्सी र रुपियाँ पैसा खाएको भरमा देशविरुद्ध आन्दोलन वा आचरण गर्दछन् भने अरु देशले पनि रुपियाँ पैसा दिए भारत विरुद्ध पनि बोल्न र आचरण गर्न सक्छन् भन्ने शंका नै भारतीय पक्षको प्रमुख चिन्ताको विषय रहेको छ ।

माओवादको मलजल भारतले नै गरेको थियो। यसरी भारतबाट संचालित गतिविधि नै आज भारतको टाउको दुखाई भएको छ । नेपालले आफ्नो वैदेशिक र छिमेकी मुलुकसितको नीतिमा निष्पक्षता र तटस्थता अप्नाउनु पर्छ । नेपाली नेताले कुनै पनि देशले दिने आर्थिक अनुदानमा आफ्नो गोजी भर्ने अनैतिक आचरण त्याग्नु पर्छ ।

नेपाल र नेपालीको वैदेशिक सम्बन्धको विश्वास र स्वाभिमान नेपाली नेताको गोजी भर्ने चरित्रबाट नै सन्देहको भुमरीमा जाकिन पुगेको छ। जे होस् एउटा नेपाली भाषी भारतीय नागरिक भएको हुँदा र साहित्य मार्फत् नेपालका धेरै मान्छेहरूसंग सम्बन्ध भएको हुँदा मैले जे जति जाने त्यो बिचार यहाँ राखें ।

भारत र नेपाल बीचको मधुरता बिगार्न भारतीय राजदूतावासका कर्मचारी र नेपालका आचरण हीन नेता नै प्रष्ट रूपमा प्रमुख दोषी देखिएका छन् भन्नुमा अतिशयोक्ति नहोला।

(कनकधारा स्वामी स्वदेशानन्द भारतको सिक्कम निवासी हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्