Logo

आमाको व्यथा



गाउँबाट म फर्कदै थिए । झमक्क साँझ परी सकेको थियो । बाटो छेउमा बसेकी एउटी बुढी आमालाई देखेँ र मैले सोधेँ, यती राती एक्लै किन बस्नु भएको ? डर लाग्दैन हजुरलाई ?

केही जवाफ आयन । नजिकै गएर नियाँले । आँखा टिलपिल थिए । अनुहारमा निराशा थियो । मेरोपनि आँखा रसाए, भित्रभित्रै आफैलाई प्रश्न गरेँ, यो कस्तो बिडम्वना ?

सबै कुरा उहाँकै मुखबाट सुन्न चाहेँ । नजिकै गएर केही प्रश्न गरेँ । कस्ले के गर्यो र हजुरलाई ? मेरो प्रश्नले आमा आफ्ना पीडाको भारी बिसाउन थाल्नु भयो ।

बुहारीसँग झगडा भयो, छोराले पनि बुहारीकै साथ दियो । कुनै कामै नगरी साँझ बिहान पेटभरी खान पाउँदा पाउँदै किन कचकच गर्छेउ भनेर मै माथि खनीयो, साह्र मन दुःख्यो । छोरो बुहारीले कुटपीट गर्लान भन्ने डरले एकान्तमा आयकी हुँ ।

आमाको कुरा सुन्दा रिसको पारो छुट्यो । उनीलाई प्रहरी लगाएर ठेगान लगाउँछु भने । तर, आमाले मेरो हात समाउदै भन्नुभो, जस्तो भयपनि मेरो छोरा हो, उसलाई केही भए मन् दुःख्छ, छाडिदेउ बाबु ।

उहाँको कुरा सुनेर आमाको ममतालाई सलाम गर्न मन लाग्यो । कयौँ कष्ट सहेर सुखी राख्ने आमालाईनै दुःखी बनाउँछन् मान्छेहरु । सधै रोएर सन्तानलाई हँसाउने आमालाई पीडा दिन्छन मान्छेहरु ।

भोकै प्यासै बसेर छोराछोरीका लागि कयौँ ठाउँमा हात जोडेकी आमालाई वृद्धाआश्रममा पुर्याउछन मान्छेहरु । यस्ता प्रशस्त उदाहरण छन् ।

मनमनै कुरा खेल्दै थियो, केही त गर्नुपर्छ । मैले गर्दा यि आमालाई छोराबुहारीले माया गरुन् ।

त्यत्तिकैमा उहाँको घरबाट आवाज आयो, आमा के केटाकेटी जस्तो बाटोमा बसेर मेरो वेइज्जती गर्छेउ रु कि टाढा जाउ होइन भने, घरमा आयर सुत !

विचरी बुढीआमाको कहाँ थियो र जानेठाउँ । उनी चुपचाप घर गइन्, म पपनि आफ्नो घर तिर लागे ।

आफु सानो हुँदा कतैबाट आउन ढिलागरे छटपटाउने ती आमालाई घरबाट निस्क भन्न कसरी सक्छन् सन्तानले !

त्यो रात म निधाउनै सकिन, मन भित्र कयौँ कुरा खेलीरह्यो । दिमागले काम गर्नैछाड्यो । आँखा वरीपरी उनकै आँशु झल्की रहयो !

फेरी सम्झे उनका छोरा बुहारी र आफन्तहरु त हामीभन्दा सम्पन्न र परिचित छन् । सिंगो समाजले उनीहरुलाई आदर सत्कार र सम्मान् गर्छ ।

कतै झैझगडा या सामाजिक खटपट सुल्झाउन उनीहरुलाई नै बोलाइन्छ । फेरी उनैको घरमा यस्तो व्यवहार, कुविचार र कुसंस्कार किन ?

कोल्टे फेर्दाफेर्दै भालेले डाकों छोड्यो । बेरोजगार मान्छे मेरो कुनै काम थिएन । घरमा मात्र कत्ती बस्न सक्थेँ र ! भोलीपल्ट फेरी गाँउ डुल्न निस्के ।

सबै भन्दापहिला ती बुढिआमाको हालचाल बुझ्न गए । तर उनलाई भेट्नु भन्दा पहिले अर्को परिवारलाई भेटे । ती बृद्धाले आफ्नो अनपढ छोरालाई गालीगर्दै थिईन ।

मान्छेहरु कत्ती अगाडी बढेका छन् प्रसस्त धन सम्पति र इज्जत कमाएका छन् । शहर बजारमा बसार्र्इँ सरार्इ गरेका छन् । यसले भने न त पढाइ लेखाइ गर्न सक्यो, न देशविदेश धाउन सक्यो ।

जिन्दगी भर भिकारी नै भएर बाँच्ने भयो यो ! छोरो मुसुक्क मुस्कुराउँदै भन्यो, बुढेसकालमा पनि के धनको लोभ गर्नुहुन्छ आमा ! तपाई खुःसी हुनुहुन्छ, मेरो लागि सबैभन्दा ठूलो धन यही नै हो । बुहारीले सासुको गोडामा तेल मालिस गर्दैथिईन । घरको सबैभन्दा शक्तिशाली मान्छे भनेपछि उनै वृद्ध महिला थिइन् ।

बुढिसँग कुनै ताकत या जादु त थिएन । तर, पनि छोरा बुहारी निकै डराउँदै थिए । यो देखेर मैले मनमनै सोचे दुनियाँको सबैभन्दा ठूलो शक्ति भनेकै मायाँ रहेछ । नाति नातिनीले वृद्धालाई चारैतिर घेरेका थिए । परिवार गरीब थियो । तर, खुशी पनि थियो ।

जे होस मलाई पनि आमा प्रतिको उनीहरुले गरेके सम्मान देखेर आनन्द आयो । उनीहरुलाई साँझ बिहान गुजार्न कष्टकर थियो ।

मनमनै सोचे गरीबले आमालाई सुखी र खुसी राख्न चाहँदो रहेछ । पैसाको आडमा नाच्नेहरुले अफ्नो कर्तव्य, संस्कार र रीतिरिवाज सबै भुल्दारहेछन् ।

प्रसस्त सरकारी आम्दानी स्रोतहरू छन् तर उनैका बाबु आमा रोएको देखिन्छ । डराएको र समाजमा सिर निहुराएको देखिन्छ। पढेलेखेका तर अबुजहरुलाई कति लाज लाग्दो रहेनछ रु गाउँघर समाजमा सभ्यताको पाठ सिकाउँदै हिड्नेहरुले नै आफ्नो कर्तव्य भुलेको देखिन्छ !

आफुसँगै बसेको बुढाबुढी आमा बुबालाई अत्याचार गर्ने साँझ बिहान रुहाउने छोरा छोरी या बुहारीले पालो सबैको आउँछ भन्ने सोच्नु पर्दछ ।

आफ्नो र आफ्नो सन्तान का लागी लाखौ खर्चि भौतिक शक्ति प्रदर्शन गर्नेहरुले आमा बालाई खुसी राख्न नसक्नु निकै चिन्ताको विषय हो ।[email protected]

प्रतिक्रिया दिनुहोस्