Logo

युट्युवर भाग्य न्यौपाने विवादमा



काठमाडौँ, २१ साउन । नेपालका नाम चलेका युट्युवर भाग्य न्यौपाने विवादमा तानिएका छन् ।

बैदेशिक रोजगारबाट फर्किएकी एक महिलाले जन्माएकी शिशु भेटिएको विषयमा केयर होम बाल गृहकी सञ्चालक पुष्पा अधिकारीसँगको पछिल्लो सम्वादमा न्यौपाने विवादमा तानिएका हुन् ।

न्यौपानेले अधिकारीसँगको कुराकानी सामान्य मर्यादा भन्दा बाहिर गएर अन्तर्वार्ता लिएको भन्दै सामाजिक सञ्जालमा बिरोध भएको छ । न्यौपानेले पत्रकारीताको सामान्य मर्यादा पनि पालना नगरेको भन्दै आलोचना भएको छ ।

पत्रकार र अधिकारकर्मीले न्यौपानेको अमर्यादित कार्यको आलोचना गरेका छन् । सामाजिक दुरी कायम नराखी न्यौपानेले दुव्र्यवहार गरेको टिप्पणी गरिएको छ ।

न्यौपाने ताततातो खबर युट्युव च्यानलका संचालक हुन् । नेपालमा सबै भन्दा हेरिने युट्युव हो ताततातो खबर । तर, न्यौपानेले अधिकारीलाई काखैमा राखुँला झै गरेको बसाई, अमर्यादित हाउभाउ र प्रश्न गरिएको भन्दै आलोचना भएको छ ।

बाल गृहकी सञ्चालक अधिकारीका सम्बन्धमा विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पत्रकाकारितामा प्रश्न गर्न पाइने तर केरकार गर्न नपाइने पत्रकारिताका जानकारले प्रतिक्रिया दिएका छन् ।

घटना बिवराण
बैदेशिक रोजगारबाट फर्किएकी एक महिलाको परदेशीसँगको सम्बन्धबाट गर्भवती थिइन् । कोरोना महामारीका कारण उनी नेपाल फर्किइन् । तर, घर जाने अवस्था नभएपछि उनले आप्रवासी महिला समूहको महाराजगञ्जस्थित सेल्टरमा आश्रय लिएकी थिइन् । उनले टिचिङ अस्पतालमा छोरीलाई जन्म दिइन् ।

छोरी लिएर घर फर्किने अवस्था नभएपछि आप्रवासी महिला कामदार समूहले शिशुलाई अधिकारीले सञ्चालन गरेको केयर होम बाल गृहको जिम्मा लगाउन सुझाव दिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशुकी आमा, केयर होम सञ्चालक अधिकारी र आप्रवासी महिला कामदार समूहकी संयोजक जमुना गिरीको सल्लाहमा नै शिशुलाई कार्टुनमा हालेर झाडीमा राखिएको खुलेको छ।

भिडियो बनाएर अधिकारीले त्यसलाई सामाजिक सञ्जालमा राखेपछि भिडियो भाइरल भयो । कयौँले सहयोग गरे । तर, प्रचार धेरै भएपछि आमाले नै बच्चा लगिन् । बिस्तारै कुरो खुल्यो । आमाको सहमतिमा नाटक मञ्चन भएको प्रहरीले जनाएको छ ।
य्ट्युवर भाग्य न्यौपानेले भने आफुले गलत नियतले व्यवहार नगरेको बताएका छन् । उनले क्योमेराले क्लोज सर्ट लिँदा सँगै जस्तो देखिएको बताए । उनले भने, कमजोरी भए सुधार गर्न तयार छु ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्