Logo

खाना खाएर सुतेका भारतीय नागरिक मृत फेला



काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जयाबाबा विश्वकर्मा कबाडी सेन्टरमा काम गर्ने भारत मोतिहारी थानाढाका स्थायी घर भएका ६५ वर्षीय रामबालक महतो आज मृत फेला परेका छन् ।

बिहान पूजापाठ गरी विभिन्न स्थानबाट कबाडी सामान सङ्कलन गरी खाना खाएर सुतेका उनी मृत भेटिएका हुन् । उक्त घटनाका विषयमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्