Logo

भारतमा निर्वाचनः बिजेपी ४ र आपलाई १ राज्यमा बहुमत, काँग्रेसको अवस्था नाजुक



काठमाडौँ, २७ फागुन । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले चार राज्यमा र आम आदमी पार्टी (आप)ले एक राज्य बहुमतसहित सरकार बनाउने भएको छ ।

बिजेपीले उत्तरप्रदेश, उत्तराखण्ड, मणिपुरमा प्रचण्ड बहुमतसहित जितेको छ । गोवाको ४० सिट मध्ये २० सीटको बहुमत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैगरी दिल्लीमा सरकार बनाएको आपले पंजावमा प्रचण्ड बहुमत ल्याएर विजयी बनेको छ ।

काँग्रेसले पंजवामा १८, उत्तराखण्ड २५ र गोवामा १२ सिट जितेर प्रमुख प्रतिपक्ष दल बनेको छ । उत्तरप्रदेश र मणिपुरमा भने काँग्रेसको अवस्था नाजुक देखिएको छ । उत्तर प्रदेशमा २ सिट र मणिपुरमा काँग्रेसको गठबन्धनले जम्मा ५ सिट मात्र जितेर लज्जाजनक हार व्यहोरेको छ ।

उत्तर प्रदेशकूल संख्याः 403
बिजेपी+260
समाजवादी पार्टी+  138
बहुजन समाजवादी पार्टी  1
भारतीय कँग्रेस  2
अन्य  2
उत्तराखण्डकूल संख्याः 70
बिजेपी42
भारतीय कँग्रेस  25
आम आदमी पार्टी (आप)0
अन्य  3
पंजाव 117
आम आदमी पार्टी (आप)92
काँग्रेस18
अकाली दल+4
बिजेपी+2
अन्य  1
गोवा 40
बिजेपी20
काँग्रेस+12
आम आदमी पार्टी (आप)2
अन्य  6
मणिपुर60
बिजेपी31
काँग्रेस+5
अन्य  24

प्रतिक्रिया दिनुहोस्