Logo

भोजपुरी चलचित्र ‘मेरा भारत महान’ ट्रेलर सार्वजनिक



काठमाडौँ, २७ फागुन । भोजपुरी चलचित्र ‘मेरा भारत महान’को ट्रेलर सार्वजनिक भएको छ । भोजपुरी चलचित्रका ख्यातिप्राप्त कलाकार रवि किसन र पवन सिंह एकसाथ देखिएका छन् । चलचित्र देभभक्तिपूर्ण भावनाले भरिएको छ ।

चलचित्रमा रवि किसन एक इमान्दार युवा पुलिस अफिसरको रुपमा छन् भने पवन सिंह चन्द्रशेखर आजातको भूमिकामा छन् । भारतीय स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित कथा बस्तु रहेको चलचित्रको डायलग प्रभावशाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्