Logo

फेसबुक र इन्स्टाग्राम बन्द गर्ने रुसको चेतावनी



मस्को, २७ फागुन (एएनआई) । रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरू निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो । “रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,” रूसी एक अधिकारीले भने ।

फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तीको सङ्केत उल्लेख गर्ने घोषणा गरेको थियो । मेटाले रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरू प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नैै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि त्यसविरुद्धमा सामाजिक सञ्जालहरूमा रूसविरुद्ध चर्को आलोचना गर्दै हिंसा भड्काउने सामग्री प्रकाशित हुन थालेका थिए । अमेरिकी कतिपय सञ्चारमाध्यमहरूमा रूस र बेलारुसका राष्ट्रपतिको हत्या गर्नुपर्ने जस्ता प्रतिक्रियासहितका सामग्रीहरू प्रकाशित भइरहेको रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्