Logo

हिरासतमा रहेका पल शाहको ‘पवित्र माया’ बजारमा



काठमाडौँ, २८ फागुन । बलात्कारको आरोपमा हिरासतमा रहेका अभिनेत एवम् मोडल पल शाह अभिनित ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक राजन तामाङको सुमधुर आवाज रहेको गीतलाई पारीजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याएको छ ।

आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्