Logo

भारतमा कोरोना भाइरसबाट तीन हजार छ सय नयाँ सङ्क्रमित



काठमाडौँ, २८ फागुन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् ।योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १५ हजार ८०३ रहेको छ । ती मध्ये ८९ जनाको भने पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्