Logo

आज २०७८ फागुन २९ गतेको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । सञ्चारमाध्यमबाट शुभ कुरा सुन्न पाइने छ । कुनै विशेष काममा साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय हुन सकिन्छ । व्यस्तताका बाबजुद थप आम्दानी हुने समय हो । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ  ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको प्रयासले भाग्य र भविष्य सपार्ने समय हो । बोलीमा विशेष बल देखिन्छ । अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल बन्न सकिने छ । काम पूरा नभए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । मौखिक अभिव्यक्ति, कला र सिर्जनाका कामबाट ख्याति बढ्नेछ । सुरुमा कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही र जुनियर स्टाफ रुष्ट हुनसक्ने समय हो, तर पछि सहकर्मीको साथ पाउनाले कुनै जटिल समस्यासमेत हल गर्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाति हुन्छ । भाग्यले साथ दिनेछ । कार्यस्थल र घरपरिवारमा समेत खुसी छाउने समय हो । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुनसक्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । बाध्यात्मक खर्च बढ्नाले मन खिन्न बन्नेछ, त्यस्तै अन्य विषयमा पनि असामान्यताको अनुभूति हुनेछ । जिद्दीपन र घमण्डलाई त्याग्नु जाति हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अलि बढी दौडधूप गर्नुपरे पनि सम्भावनाका बाटाहरू पहिल्याउन सकिने समय छ । बुद्धिको उपयोगले सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउने छ । आकस्मिक रूपमा कुनै लाभ पाउन सक्नुहुन्छ । त्यस्तै नयाँ र नौला विषयको जानकारी प्राप्त हुनेछ । भाइबहिनी वा छोराछोरीको चित्त बुझाउन खर्च बढ्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ । नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुने समय हो, तर शत्रु र प्रतिस्पर्द्धीको गतिविधिप्रति सचेत हुनु ठीक हुन्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेलले उत्पादनमा बृद्धि हुनसक्छ । हिसाबकिताव र कागजपत्र क्लियर राख्नुहोला, नत्र कुनै समस्या देखापर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला । प्रसन्न र फुर्तिलो भएर काम गर्ने दिन हो । धेरै दिनदेखि प्रयासरत रहेको कामले पूर्णता पाउने छ, साथै नचिताएको ठाउँबाट आम्दानी हुने सङ्केत छ । सेवाग्राही र सहयोगीको भूमिका देखेर मन हलुका र प्रसन्न रहनेछ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रूचि बढ्नसक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ, तर याद गर्नुस्, आजको मिहिनेतको परिणाम स्मरणीय हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चिन्तनमननमा निर्लिप्त हुने समय छ, कुनै बाध्यात्मक परिस्थितिले ऋण काढ्नुपर्ने वा सरसापटीबाट काम चलाउनुपर्ने दिन हो । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । कुनै कुराले गर्दा मनमा दोधारेपन हुनसक्छ, त्यस्तै पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति तपाईंलाई चित्त नबुझ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अध्ययन/अध्यापन वा ज्ञानमूलक क्षेत्रको आकर्षण रहनेछ । आज छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुने समय हो । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाम वा किनमेलमा जाने अनुकूलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भैपरी आउने व्यवहारिक खर्चले चिन्ता बढाउने दिन हो, सरसापटी वा कर्जामार्फत अतिरिक्त धन र आवश्यकताका वस्तु जुटाउन सकिने छ । घरपरिवारमा राम्रो छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । पारिवारिक रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्