Logo

युक्रेन-पोल्याण्ड सीमा नजिक रूसी आक्रमण: नौ जनाको मृत्यु



 

काठमाडौँ, २९ फागुन । पश्चिमी युक्रेनमा रहेको सैन्य अखडामा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन् ।

रूसको यो आक्रमणसँगै युद्ध पोल्याण्डको सिमाना नजिक पुगेको छ । यसअघि रूसी उपविदेशमन्त्री सर्गेई र्‍याकबकोभले युक्रेनमा अमेरिका लगायत कुनै पनि देशले हतियार पठाए आक्रमण गर्ने गर्ने चेतावनी दिएका थिए ।

ल्भिभ प्रान्तका गभर्नर मक्सिम कोजित्स्कीले रूसी सेनाले पोल्याण्डबाट १० किलोमिटर दूरीमा रहेको याभोरिभ सैन्य अखडामा ३० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए । यो सैन्य अखडा ल्भिभ शहरबाट ६० किलोमिटर दूरीमा अवस्थित छ। अधिकारीहरूले पश्चिमी युक्रेनी शहर इभानो-फ्रान्किभस्कको सैन्य विमानस्थलमा पनि रूसी सेनाले गोली चलाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्