Logo

पकेटमारको अभियोगमा पक्राउ परिन् अभिनेत्री दत्ता



काठमाडौँ, ३० फागुन । चर्चित बंगाली अभिनेत्री तथा टेलिभिजन स्टार रुपा दत्ता पकेटमारको अभियोगमा पक्राउ परेकी छन् । उनलाई कोलकातामा आयोजित अन्तर्राष्ट्रिय पुस्तक मेलामा पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना शनिबार राति भएको हो । एक महिलाले फोहोरमै झोला फालेको देखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोधपुछका क्रममा अभिनेत्रीको पहिचान भएको थियो । सोधपुछका क्रममा प्रहरीले दत्ताको झोलामा ७५ हजार रुपैयाँ फेला पारेको थियो । प्रहरीले सुरुमा अभिनेत्रीले पैसा आफ्नो भएको दाबी गरे पनि अन्ततः पकेट मारेको (चोरेको) स्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्