Logo

राजवंशीद्वारा जन्मदिनको अवसरमा आर्थिक सहयोग



मेचीनगर, ३० फागुन । चारआली जेसिजले समुदायमा केन्द्रित भएर आफना पदाधिकारी तथा सदस्यहरुको जन्मदिन मनाउँदै आएको छ ।

यसैक्रममा चारआली जेसिजका सदस्य मानबिर राजवंशीले आफनो जन्मदिनको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडी रहेको सुबोध साधना केन्द्रलाई ४ हजार ५०० रुपैँया सहयोग गरेका छन् ।

राजवंशीले उक्त रकम सुबोध साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलियालाई हस्तान्तरण गरेका थिए ।

उक्त सहयोग कार्यक्रममा चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा विरु, चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, बोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्