Logo

जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु



सिन्धुली, ३० फागुन । सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

आइतबार बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्