Logo

नेपालमा आज ५८ जना संक्रमित, १४८ जना डिस्चार्ज



काठमाडौँ, ३० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, १४८ जनाले भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज ५ हजार ४ सय १८ जनामा परीक्षण गरिएको थियो ।

विगत २४ घन्टामा ९२ हजार ४८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ। सक्रिय संक्रमितकाे संख्या ४ हजार ८१९ रहेकाे छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्