Logo

द कश्मीर फाइल्सको तीन दिन मै राम्रो ब्यापार



काठमाडौँ, १ चैत । कश्मीर राज्यबाट बिस्थापित कश्मीरी पण्डितको कथा बस्तुमा विवेक रञ्जन अग्निहोत्रीले निर्देशन गरेको द कश्मीर फाइल्सले तीन दिन मै राम्रो ब्यापार गरेको छ । आन्तरिक द्वन्द्वका कारण भारतको कश्मीरबाट त्यहाँका हिन्दू कश्मीरी पण्डित बिस्थापित भएका छन् ।

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक अग्निहोत्रीले कश्मीरी पण्डितले भोगेका अत्याचारको विषय समेटेर द कम्शीर फाइल्स निर्माण गरिएको बताए । उनले पाँच हजार घण्टा रिसर्च गरिएको र सात सय पीडितसँग अन्र्तवार्ता लिइएको बताए । उनले चार वर्ष लगाएर निर्माण गरिएको चलचित्रमा पन्द्र हजार पेजको दस्तावेज संग्रह भएको जानकारी दिए ।

अनुपम खेर, मिथुन चक्रवत्री, दर्शन कुमार जस्ता चलचित्र स्थापित कलाकारको अभिनय रहेको द कश्मीर फाइल्स भिन्न स्वादको चलचित्र भएपनि दर्शकले रुचाएका छन् । चलचित्रले रिलिज भएको तीन दिन मै लगानी उठाएको र ५० करोड बढी नाफा आर्जन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्