Logo

विवेकशील साझाले हटायो प्रदेश सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्य



काठमाडौँ, १ चैत । विवेकशील साझा पार्टीले २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।

गएको फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसद समेत रहेका रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

चार वटा केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित रहेको र लेभी नबुझाएको विवेकशील साझा पार्टीले जनाएको छ ।

गएको साउनमा अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता र धर्मनिरपेक्षताको विषयमा जनमत सङ्ग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्