Logo

नेतृत्वले आफ्ना मान्छे छान्दा पार्टीलाई असर परिरहेको छ: सिंह



काठमाडौँ, १ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले हरेक निर्वाचनमा आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिङ्गो पार्टीलाई असर परिरहेको बताए ।

नेता सिंहले नेपाली कांग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताए । स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा उनले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्