Logo

निर्वाचन जितिन्न कि भनेर चिन्ता गर्नुपर्दैन: ओली



काठमाडौँ, १ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले निर्वाचन जित्न गाह्रो नभएको बताए ।

‘निर्वाचन जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’

अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए । ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्’, उनले भने, ‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीले दावी गरे । ‘एक्लाएक्लै आए त कर्‍याक कुरुक पार्छौं,’ उनले भने, ‘सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं ।’

प्रतिक्रिया दिनुहोस्