Logo

एमाले सचिवालय बैठक सुरु



काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ ।

त्यस्तै, पार्टीका आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्