Logo

भारत र पाकिस्तानलाई चीनको आग्रह: वार्ता गरेर विवाद मिलाउनुस्



काठमाडौँ, १ चैत । चीनले भारत र पाकिस्तानलाई वार्तामार्फत् मिसाइल प्रहार भएपछि उत्पन्न विवाद समाधान गर्न आग्रह गरेको छ ।

चीनले भारतबाट भूलबस क्षेप्यास्त्र प्रहार गरिएको घटनापछि उत्पन्न विवादलाई सिधै कुराकानी गरेर समाधान गर्न आग्रह गरेको हो । भारत र पाकिस्तानबीच अन्य विवाद समेत वार्तामार्फत् समाधान हुनु पर्ने चीनको भनाइ छ ।

‘हामीले सम्बन्धित मुलुकलाई चाँडो भन्दा चाँडो वार्ता एंव छलफल गर्न आग्रह गर्छौं’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने । मिसाइल जस्ता संवेदनशील विषयमा भारत र पाकिस्तानले सूचना आदान-प्रदान बढाउनु पर्ने पनि उनको भनाइ थियो ।

त्यस्तै, चीनले प्राविधिक गडबडीका कारण भारतबाट भएको मिसाइल प्रहारको घटनाबारे संयुक्त छानबिन हुनुपर्ने पाकिस्तानको मागलाई समर्थन गरेको छ ।

दक्षिण एसियामा भारत र पाकिस्तान महत्वपूर्ण मुलुक भएको भन्दै क्षेत्रीय सुरक्षा एवं स्थिरता कायम गर्ने दुबै मुलुकको जिम्मेवारी भएको पनि लिजियानको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्