Logo

तीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस



काठमाडौँ, १ चैत । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिको मंगलबार बसेको बैठकले वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार तीनै जनालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्