Logo

एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो । बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए ।

उनले सरकारले संसद अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने बताए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्