Logo

सुनको भाउ घट्दै



काठमाडौँ, २ चैत । सुनको भाउ आज पनि घटेको छ । मंगलबार एकैदिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्