Logo

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्ने तयारी



काठमाडौँ, २ चैत । अब कुनै नेपाली विदेशमा ठगिएमा अपराधीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले सहयोग गर्ने भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यसबारेमा जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई लैजाने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन इन्टरपोलको सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको बताउदै उनले गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भूमिमा पनि नजोगिने बताए । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए ।

उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्