Logo

पिएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य



काठमाडौँ, २ चैत आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी(पीएनजी) ले नेपाललाई दुई सय पाँच रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायो । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद सोपरले ३५, टोनी उराले २७ र लेगा सियाकाले २५ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिए । यस्तै आजको खेलमा ज्ञानेन्द्र मल्लले पहिलो एकदिवसीय विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका उनले ६ रन दिएर एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्