Logo

​युक्रेनसँग वार्तामा सहमति जुट्दै: रूसी विदेशमन्त्री



काठमाडौँ, २ चैत । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति हुन थालेको बताएका छन् । उनले युक्रेनको ‘तटस्थ स्थिति’लाई गम्भीर रूपमा विचार गरिरहेको बताए ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि रूसले ‘अधिक यथार्थपरक’ माग गरिरहेका वेला लाभरोभको यस्तो भनाइ आएको हो। जेलेन्स्कीले आफ्नो देश अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा सामेल नहुने स्पष्ट संकेत पारेका छन् ।

रूसी विदेशमन्त्रीले युक्रेनसँग रूसलाई खतरा उत्पन्न हुने हतियार हुन नहुने बताए । ‘युक्रेनसँग रूसलाई धम्की दिने हतियार हुनुहुँदैन’, उनले भने । हाम्रा लागि खतरा नहुने हतियारमा विरोध गर्दैनौँ । उनले युक्रेनसँग चलिरहेको वार्ता ‘कठिन’ भएको पनि बताए । लाभरोभले युक्रेनमा रूसी भाषाको प्रयोग र अभिव्यक्ति स्वतन्त्रता हुनुपर्ने पनि माग गरेका छन् ।​

प्रतिक्रिया दिनुहोस्