Logo

जापानमा भूकम्प: दुई जनाको मृत्यु, ९० जना घाइते



काठमाडौँ, ३ चैत । जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । कम्तीमा ९० जना घाइते भएका छन् ।

उत्तर पूर्वी जापानमा बुधबार बेलुका ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको बीबीसीले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । अस्थायी रूपमा झण्डै २० लाख घरमा विद्युत् सेवा कटौती भएको छ । विद्युत् नियमित गर्न प्रयास भइरहेको छ । सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्