Logo

देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि, २२० संक्रमणमुक्त



काठमाडौँ, ३ चैत । नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७४७ नमुना परीक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, आज थप २२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्