Logo

के हुँदैछ रूस-युक्रेन द्वन्द्वमा !



काठमडौँ, ३ चैत (एपी) । रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो । त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए । त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो-फ्लाई जोन को लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित ग¥यो । जेलेन्स्कीले आइतवारलाई “कालो दिन“ भने र सैन्य आधारमा हुने कुनै पनि गतिविधिले रुसी क्षेत्रलाई धम्की नदिने बताए । यसै बीच एक अमेरिकी पत्रकार पनि आइतबार मारिएका थिए भने अर्का एक जना घाइते भएका थिए ।

पत्रकार सवार गाडीमाथि कीभ बाहिर रुसी सेनाले गोली प्रहार गरेको थियो । यसैबीच, थुप्रै क्षेत्रहरूमा जारी लडाइँले युक्रेनमा थप पीडा ल्याएको छ र अन्तरराष्ट्रिय समुदायलाई समेत आक्रोशित बनाएको छ । जारी द्वन्द्ले तेस्रो हप्तासम्म आइपुग्दा २५ लाख भन्दा बढी मानिसहरूलाई युक्रेन छोड्न बाध्य पारेको छ । हजारौं निहत्था नागरिक र सैनिक मारिएका छन् । थुप्रै अङ्गभङ्ग भएका छन् । शहर बमबारुद र आगोको मुस्लोले छोपिएको छ। रुस र युक्रेन बीचको अर्को चरणको वार्ता सोमबारको लागि निर्धारण गरिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले वार्ता जारी राख्ने दताउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकको लागि प्रतीक्षारत रहेको बताएका छन् । द्वन्द् बारे केही मुख्य कुराहरू यस्ता छन्प-श्चिमी युक्रेनमा के भयो ? युक्रेनी अधिकारीहरूले आइतवार पोल्याण्डको सीमाबाट मात्र २५ किलोमिटर (१५ माईल) टाढा रहेको याभोरिभ सैन्य दायरामा ३० भन्दा बढी क्रुज मिसाइल प्रहार गर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको बताएका छन् ।

प्रशिक्षण आधार शिविरमा १८-दिनको आक्रमणमा अहिलेसम्म प्रहार गरिएको सबैभन्दा पश्चिम तर्फको लक्ष्य जस्तो देखिन्छ । सो क्षेत्रमा प्रायः संयुक्त राज्य अमेरिका र अन्य सहयोगी राष्ट्रहरूले युक्रेनी सेनालाई तालिम दिदै आएका छन् । जसलाई अन्तरराष्ट्रिय शान्ति स्थापना र सुरक्षा केन्द्रका रूपमा समेत बुझाउने गरिन्छ ।

त्यस शिविरमा अन्तरराष्ट्रिय नेटो अभ्यास पनि आयोजना गरिएको छ । जुन विषयको चिन्ता रूसले बारम्बार उठाइरहने गरेको हो । रुसले ३०-सदस्यीय नेटो गठबन्धन रूसको सिमानाको नजिक गइरहेको र सुरक्षा खतरा बढिरहेको आँकलन गरिरहेको छ । रुसले युक्रेनलाई नेटोमा सामेल हुने आफ्नो महत्वाकांक्षा त्याग्न आग्रह गर्दै आएको छ । आक्रमणपछि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएस न्यूजको “फेस द नेसन“ मा कि यदि रूसले नेटो देशहरूमा आक्रमण गरे नेटोले जवाफ दिने बताएका छन् ।

जेलेन्स्कीले पश्चिमी नेताहरूलाई आधार शिविर खतरामा रहेको बताउँदै प्रश्न गरेका छन् “यदि तपाईंले हाम्रो आकाश बन्द गर्नुभएन भने रूसी मिसाइलहरू (तपाईंको क्षेत्र) नेटो देशका नागरिकहरूको घरमा खस्नसक्छ । यद्यपि सैन्य विश्लेषकहरूले भने नो-फ्लाइ जोन असम्भव रहेको बताएका छन् ।

अमेरिका र यसका सहयोगीहरूले यस्तो कदमले युद्ध बढाउन सक्छ भन्ने विश्वास गरेका छन् । रुसी हवाई आक्रमणले पश्चिमी युक्रेनको अर्को शहर इभानो-फ्रान्किभस्कको विमानस्थलमा पनि आक्रमण ध्वस्त पारेको छ । जुन ल्भिभको दक्षिणमा रहेको युक्रेनको सीमानाबाट २५० किलोमिटर (१५५ माइल) टाढा छ ।

यसैबीच एपीले युद्धको प्रत्यक्ष घटना यसरी सम्प्रेषण गरेको छः कीभ नजिकैको ब्रोभेरीको एउटा अस्पतालमा डाक्टरहरूले तीन जना घाइतेको उपचार गर्दै थिए । ती खानी माथि आक्रमणमा पारेका थिए । अस्पतालका प्रमुख डाक्टर भ्यालेन्टाइन बगन्युकले अस्पतालका ८० प्रतिशत विरामी गोलाबारीबाट घाइते भएका नागरिक रहेको बताएका छन् ।

भोलोडिमर एडमकोभिच अस्पतालको ओछ्यानमा बसेका थिए । उनको पेटमा ब्यान्डेजले उनको घरमा खसेको बमले गर्दा भएको घाउ छोपेको थियो । उनले भने कि उनी सुरक्षित रूपमा फर्कन अघि आफ्नो तहखानेमा रात बिताएका थिए । इरपिनको कीभ उपनगरमा, युक्रेनी सिपाही अलेक्सी लिपिर्डी, ४६, ले रुसीहरूले “हामी शान्त नहोस् भनेर हामीलाई धम्की दिन चाहन्छन्,“ तर त्यसो हुने छैन । उनी बोल्दै गर्दा टाढाका भवनहरूबाट गोला बारुदका धुवाँ निस्किरहेको थियो ।

वातावरण स्तव्ध प्रायःदेखिन्थ्यो । युक्रेनी शरणार्थीको पछिल्लो अवस्था के छ ? युक्रेनबाट छिमेकी देशहरूमा आउने मानिसहरूको संख्या गत हप्तामा कम भएको देखिन्छ । शरणार्थीहरूको विनाश र मृत्युको पीडादायी विवरणहरू भने जारी नै छन् । पोल्याण्डको प्रजेमिसलको रेल स्टेसनमा शरणार्थीहरूले आफ्नो सुरक्षाको यात्राको क्रममा खचाखच भरिएका रेलहरूमा यात्रा गरेको र “एक अर्कामा माथि खचाखच सुतिरहेका मानिसहरूको कारूणिक दृष्य” वर्णन गरेका छन् ।

रुसी क्षेप्यास्त्रहरूले सैन्य तालिम केन्द्रमा प्रहार गरेको पश्चिमी क्षेत्रबाट जाने क्रममा केहीले विस्फोटको आवाज सुनेको बताएका छन् । यसै बीच डिनिप्रोकी २५ वर्षीया एलिजाभेटा ज्मिभस्कायाले भनिन्, “आकाश रातो भयो ।“ फेब्रुअरी २४ मा युक्रेनमा रुसको आक्रमण शुरु भएयता १५ लाखभन्दा बढी शरणार्थी पोल्याण्ड आइपुगेका छन् । पोल्यान्डका सीमा गार्डका प्रवक्ता अन्ना मिकाल्स्काले शरणार्थीको संख्या एक हप्ता अघि १ लाख ४२ हजारको तुलनामा शनिबार भने कम भएको बताएकी छिन् ।

जेलेन्स्कीले मानवीय कोरिडोरले छ दिनमा १३०,००० भन्दा बढी मानिसहरूलाई बचाएको छ दाबी गरेका छन् । के युक्रेनियन र रुसी नेताहरू वार्ता गर्दै छन् ? युक्रेनमा पूर्ण युद्धविराम स्थापना गर्ने वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । क्रेमलिनका प्रवक्ताका अनुसार वार्ताको अर्को चरण सोमबार भिडियो लिङ्क मार्फत हुनेछ ।

जेलेनेस्कीले यी वार्ताहरू दैनिक चलिरहेको बताएका छन् । उनले पुटिनसँग भेट्नको लागि बारम्बार फोन गरिरहेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका छन् । बेइजिङले रुसी गलत सूचनालाई बढावा दिइरहेको छ र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न मद्दत गर्न सक्छ भन्ने चिन्ताको बीचमा बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका हुन् ।

ह्वाइट हाउसले वार्ता क्षेत्रीय र विश्वव्यापी सुरक्षामा युद्धको प्रभावका विषयमा केन्द्रित हुने बताएको छ । जारी युक्रेन–रुस द्वन्द्व र वार्ताको प्रयास अन्तरराष्ट्रिय चासोको विषय बनेको छ । युद्धको असर विश्व राजनीतिका अतिरिक्त विश्वबजारमा समेत प्रत्यक्ष देखिएको छ । युद्ध लम्बिदै जाने सङ्केत देखिएको छ । यसका बाछिटाहरू कहाँसम्म र कहिलेसम्म देखिन्छ सहजै आँकलन गर्न सकिने अवस्था छैन ।

 

प्रतिक्रिया दिनुहोस्