Logo

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण



काठमाडौँ, ४ चैत । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३ हजार ९२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १८० पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६२ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्